• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सरकारविरुद्ध नारा लगाउदै कटारीमा कांग्रेसको राँके जुलुस

उदयपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरोधमा नेपाली कांग्रेस उदयपुरले कटारीमा राँके जुलस निकालेको छ ।  बिहीबार साँझ उदयपुर क्षेत्र नंवर २ का क्षेत्रीय सभापती राम कुमार खत्रीको नेतृत्वमा गरिएको राँके जुलुस गोलपार्क पुगेर समापन गरिएको थियो । 
राँके जुलुसपछि आयोजित कोणसभामा उनीहरुले आफ्ना नेताको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका थिए । 

उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए ।  उदयपुर क्षेत्र नंवर २ का क्षेत्रीय सभापति खत्रीले पौडेललाई पक्राउ गर्ने प्रशासनले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो । पुल उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेललाई बुधबार नै रिहा गरिएको थियो भने बिहीबार पौडेलले सोही पुल उद्घाटन गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर