• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018/ 12:16 am

सप्तरीमा ‘ग्याङ् फाइट’मा एक युवकको मृत्यु

राजविराज । राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा बिहिबार मृत्यु भएको छ । 

सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो । सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी मृत्यु भएको पीडित परिवारले जनाएको छ । 

गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए । 

मृतकका पारिवारिक स्रोतका अनुसार १२÷१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा परी उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो । 

यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले आज दिउँसो राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । 

राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए । प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो । 

प्रदर्शनका क्रममा हत्यामा संलग्नहुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ । 

यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन ब्यक्तिको तीब्ररुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । साथै घटनाबारे अनुसन्धानसमेत भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

देशैभरी ३ वर्षमा, प्रदेश २ मा २ वर्षमा हरेक घरमा विजुली पुग्छ –ऊर्जामन्त्री पुन

  • २७ मङ्सिर, २०७५

बिरगञ्ज । ऊर्जा, सिंचाई तथा जलश्रोतमन्त्री वर्षमान पुनले आगामी ३ वर्षभित्र देशैभरी विद्युतीकरण पुरा हुने बताएका छन् । आफ्नो मन्त्रालय मातहातका

भक्तपुरमा दर्ताबिना औषधि पसल सञ्चालनमा

  • २७ मङ्सिर, २०७५

भक्तपुर । भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ - उपप्रधानमन्त्री पोखरेल

  • २७ मङ्सिर, २०७५

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘काठमाडौं तराई-मधेश द्रुतमार्ग’को प्रवेशबिन्दु ललितपुरको खोकना र बुङ्गमति