• आइतबार ९-१-२०७५/Sunday 12-16-2018/ 11:45 pm

संजोगको बस पोखरा पाल्पा गुड्ने 

पोखरा । विजयादशमीको अवसरमा पोखरा–तानसेन पर्यटक बस सुविधा सुरु भएको छ । पाल्पाली समाजको पहल र तानसेन नगरपालिकाको समन्वयमा संजोग ट्राभल्स प्रालिले पर्यटक बस सुविधा दिएको हो । पोखरा पर्यटन बसपार्कदेखि तानसेनका लागि बुधबार बिहान पर्यटक बस छुटेको छ । यस्तै, ठिक सोही समयमा तानसेन टुँडिखेलदेखि पोखराका लागि संजोगको पर्यटक बस पोखराका लागि गुड्यो ।

सेवा शुभारम्भ अवसरमा पर्यटन बसपार्कमा आयोजित समारोहमा प्रमुख अतिथि पर्यटन बोर्ड पोखरा वरिष्ठ अधिकृत सूर्य थपलियाले सेवा सुरुसँगै दुई सहरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । संजोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले अब पोखरा–पाल्पाको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेलले बस सुविधा निरन्तरताको कामना गर्दै यसले पर्यटन प्रवद्र्धनमा गतिलो टेवा दिने बताए । पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले वर्षौदेखिको पाल्पालीको सपना पूरा भएको बताए । उनले सो कार्यमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए  ।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले समाजको अनुरोधमा संजोगले सेवा सुरु गरेकोमा धन्यवाद दिए । कार्यक्रम संचालन संचारकर्मी सञ्जय मल्लले गरेका थिए । बसको पहिलो टिकट काट्ने यात्रु अम्बिका न्यौपानेलाई माला लगाई सम्मान गरियो । पोखरा र तानसेनको दुरी करिब १ सय २० किमीमात्र छ । बस दैनिक बिहान ८ बजे पर्यटक बसपार्कदेखि छुट्नेछ ।

समाजले यसअघि गत भदौमा पोखरा–पाल्पाबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा तानसेनमा पुगेर सरोकारवाला निकायबाट अन्तक्र्रिया गरेको थियो । त्यसको पहिलो चरणमा पर्यटक बस सुविधा सुरु भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कांग्रेस जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र आवश्यक : कमल थापा

  • १ पौष, २०७५

हिमाल जोशी , धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसले आफुलाई जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रमा जानु

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

  • १ पौष, २०७५

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आईतबार भएको अधिवेशनले गोरखापत्र दैनिकमा कार्यरत नारायण काफ्लेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड

  • १ पौष, २०७५

बेझाड । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति