• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 06:59 pm

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौं । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । 

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्”, उनले भने  ।  

असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सत्तारुढ विद्यार्थी संगठनमा पहिलो गाँसमै ढुंगा, आन्तरिक विवाद उत्कर्षमा

  • ७ श्रावण, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले अझै पूर्णता पाइसकेको छैन् । पार्टी एकताको वर्षदिन नाघिसक्दापनि एकता प्रक्रियामा

राप्रपा भित्र पुनः एकताको बहस, कमल थापा सकारात्मक ! 

  • ७ श्रावण, २०७६

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पुनः एकताको विषयले प्रवेश पाएको छ । कमल थापा नेतृत्वको राप्रपा, प्रकाशचन्द्र लोहनीको राप्रपा

निर्मला पन्त प्रकरण जस्ता अपराध निषेध गर्न सक्दैनौं : गृहमन्त्री [भिडियोसहित]

  • ७ श्रावण, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछिको हत्या जस्ता घटनाहरु जघन्य अपराध रहेको बताएका छन् । मंगलबार