• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नुवाकोटमा बस दुर्घटना दुई जनाको मृत्यु, दुई जनाको अवस्था गम्भिर (घाइतेको विवरणसहित)

नुवाकोट । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका ५ गणेशस्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । बा १ ख ६३५६ नम्वरकोे बस दुर्घटनामा हुँदा बसमा सवार यात्रुमध्ये १५ जनाभन्दाबढी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ११ जनालाई उपचारका लागि काठमाडौं ग्रीनसिटी अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये नुवाकोटका ४४ वर्षीय पाण्डव थापा, ३४ वर्षीय रुपलाल तामाङ, २७ वर्षीय  रोशन गौतम, २९ वर्षीय  गणेश थापा, ८० वर्षका बृद्ध लेक बहादुर पण्डित र ४७ वर्षीय हटराज श्रेष्ठलाइ उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यस्तै, २५ वर्षकी अन्जु अधिकारी, ३५ वर्षकी सिता थापा, १० वर्षीया बालिका एलिसा अधिकारी, २७ वर्षीया विरु तामाङ र १६ वर्षीया सुष्मिता थापाको ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको छ । गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर