• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018/ 11:31 pm

टी–ट्वान्टी विश्वकप छनौट :  सन्दिपले बनाए किर्तीमान

नेपालले पायो ८२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी आइसीसी टी–ट्वान्टी एशिया उपक्षेत्रीय छनोट अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रनमा अलआउट भयो । सिंगापुर विरुद्ध नेपालले सुरुवात देखि नै दबाव सिर्जना गर्यो । सिंगापुरको स्कोर चार रन हुदा पहिलो विकेट झरेको थियो । त्यसपछि १५ रनमा दोस्रो विकेट खेर फालेको सिंगापुरले ३२ रनमा तेस्रो विकेट गुमायो ।

बर्षाका कारण केहिबेर रोकिएको खेलमा बलर सामु सिंगापुर पुरै दबावमा रहदा त्यसको फाइदा नेपाललाई भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा ६० रन बनाउदा चार विकेट गुमाएको सिंगापुरले ७७ रन बनाउँदा ८ विकेट खेर फाल्यो । नेपालकालागि सन्दिप लामिछाने र सोमपाल कामीले दुई/ दुई विकेट लिए भने ललित राजवंशी र करण केसीले एक/ एक विकेट लिए ।

सन्दिप लामिछानेले २ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन । उमेर समुहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ए डिभिजन लिगः मनाङलाई टक्कर दिँदै संकटा, हिमालयन शेर्पा २-० ले पराजित 

  • २७ मङ्सिर, २०७५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले सातौँ जित निकालेको छ । आठौँ चरण अन्तर्गत विहिबार भएको खेलमा संकटाले हिमालयन शेर्पालाई दुई शुन्यले

च्याम्पियन्स लिगः को को पुगे प्रिक्वाटरफाइनल ?

  • २७ मङ्सिर, २०७५

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समिकरण पुरा भएको छ । गएराति भएका समूह चरणका अन्तिम खेलसँगै नकआउट चरण पुग्ने टोलीको टुंगो

ए डिभिजन लिग: आठौँ चरणका खेल आजदेखि

  • २७ मङ्सिर, २०७५

काठमाडाैं । शहिद स्मारक ए डिभिजन लिगमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछ । आठौँ चरण अन्तर्गत आज तीन खेल हुँदैछन् । तीन खेल मध्य पहिलो खेल न्युरोड टिम