• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सुपथ मूल्यमा च्याङ्ग्रा र खसीबोका बिक्री हुंदै

काठमाडौं । नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ ।

संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी  ७ सय र खसीबोका ५ सय मूल्यमा बिक्री हुन थालेको हो । दसँैका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकोमा अहिले करीब ९ सय च्याङ्ग्रा र ३ सय खसीबोका बिक्री गर्न थालिएको र अन्य आउने क्रममा छन् ।

 च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ । दसैँको बेला उपत्यकामा मासुको अत्याधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ । 

यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्य माथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताए ।  यही असोज ३० गतेसम्म ती चौपाया बिक्री गरिने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर