• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘टेक अफ’ नगर्दै विमान पर्खालमा ठोक्किएपछि... !

एजेन्सी । भारतको तमिलनाडुको तिरुचिरापल्ली विमानस्थलबाट एक यात्री विमानले उडान भरेको मात्रै के थियो विमानस्थलको पर्खालमा ठोक्किन पुग्यो । 

तमिलनाडुबाट दुबईका लागि उडान भरिरहेको ‘एयर इन्डिया’ विमान ‘टक अफ’ गर्ने क्रममा पर्खालमा ठोक्किएको थियो । त्यस सयम विमानमा एक सय ३० यात्री र ६ चालक दल सवार थिए । दुर्घटनापछि विमानलाई मुम्बई डाइभर्ट गरियो, जहाँ तत्काल सुरक्षित अवतरण गरियो । 

विमान उडाइरहेका दुवै चालकलाई ६५ घण्टाभन्दा बढी उडानको अनुभव रहेको एयर इन्डियाले बताएको छ । त्यस्तै घटनाको पुरै जाँच नभए सम्मका लागि दुवै चालकमाथि उडानमा प्रतिबन्ध लगाइएको छ । बोइंग ७३७ विमानले शुक्रबार बिहान तिरुचिरापल्ली एयरपोर्टबाट उडान भरेको एयरलाइन्सको एक बयानमा बताइएको छ, जसमा ‘टेक–अफ’ नहुदैँ पर्खालमा ठोक्किन पुगेको थियो । 

दुर्घटनामा विमानको केही भाग फुटेको बताइएको छ । यद्यपि, विमान भित्रको सबै सिस्टम ठिकठाक रहेको चालकदलले जानकारी दिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर