• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:32 pm

गृहमन्त्री थापा भन्छन् - ७० प्रतिशत हिंसाको कारक मदिरा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् । 

गृह मन्त्रालयले शुक्रबार यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उहाँले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए । ‘सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन’, उनले भने ।

गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए । ‘मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ’, गृहमन्त्री थापाले भने। 

उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे । हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । 

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्छ भने । गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए  । 


काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए । ‘हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ’, उनले भने । 

उनले महानगरपालिका काठमाडौं क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिएका थिए । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका लागि आआफ्नो रायसुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राई

  • ६ माघ, २०७५

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको बताएका छन् ।  इलामको सूर्योदय

 नक्कली मह बरामद

  • ६ माघ, २०७५

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो

अनशनरत थापाको पक्षमा शिक्षण अस्पतालमा प्रर्दशन

  • ६ माघ, २०७५

काठमाडौं । अनशनरत विजय थापाको पक्षमा स्वतन्त्र सचेत युवा विद्यार्थीले काठमाडौमा प्रर्दशन गरेका छन् । आज दिउँसो शिक्षण अस्पतालमा उनीहरुले थापाको