• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018/ 12:35 am

फ्लोरिडामा माइकल आँधीको कहर

पानामा सिटी । अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ । 

संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका कारण भएको क्षतिको खोजी गर्नुका साथै यसका पीडितको उद्धारका लागि विशेष उद्धार समूह परिचालन गरिएको छ । 

‘माइकल’ नामक यस आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ । 

अमेरिकाको तीन ओटा राज्य प्रभावित हुने गरी आएको यस आँधीमा परी छ जनाको ज्यान गएको छ । यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको बताइएको छ । 

फ्लोरिडा राज्यको पनि उत्तरपश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ । मेक्सिकोतर्फको समुद्री किनारमा आँधी आएपछि त्यसले वरपरका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ । सयौँ घर उडाएको छ भने बाटोघाटोलगायतका आधारभूत सञ्चार र संरचनामा ठूलो क्षति पुगेको छ । 

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले आँधीले अकल्पनीय क्षति पु¥याएको बताए । यसबाट भएको क्षतिको विवरण सङ्कलनका साथै हराएका व्यक्तिको खोजीकार्य शुरु गरिएको उनले बताए । उनले भने, ‘हराएका व्यक्तिको खोजी र उद्धार पहिलो प्राथमिकता हो र यसका लागि हामीले प्रभावकारी मानिएको उद्धार समूह परिचालन गरेका छौँ ।’ 

उनले एबिसी मिडियासँगको कुराकानीमा भने, ‘यो आँधी निकै नै शक्तिशाली हो तर पनि मानवीय क्षति त्यति धेरै भएको छैन । तर हराएका व्यक्तिहरु अझै पनि कतै जिवीतै रहेको हुनसक्ने भएकोले उनीहरुको जिवीतै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ ।’

करिब २ हजार जना फ्लोरिडाका सैनिक खोजीका लागि परिचालन गरिएको जानकारी अमेरिकी सैनिकले जनाएको छ । सैनिकको साथमा अरु तालिमप्राप्त उद्धारकर्मीहरु पनि खटेका सेनाले जनाएको छ । 

फ्लोरिडा र यसको छिमेकी अरु दुई राज्यका ४ लाखभन्दा बढी घर विद्युतविहीन भएका छन् । ती क्षेत्रमा विजुलीको व्यवस्थाका लागि विद्युत सेवाका करिब २० हजार जना कर्मचारीलाई खटाइएको उक्त कार्यालयले जनाएको छ । 

मेक्सिको समुद्री किनारबाट प्रतिघण्टा करिब १५५ माइल गतिमा आएको यस आँधीका कारण भएको सबै क्षतिको विवरण प्राप्त भएको छैन । यसबाट छ जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताइएको छ । यस आँधीले ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पु¥याएको बताइएको छ । 

आँधी पीडितको सहयोगका लागि अमेरिकी सरकारले सबैसँग अनुरोध गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीलंकामा राजनीतिक अन्यौल गहिरिँदै, संसद भंग गर्ने राष्ट्रपतिको फैसला सर्वोच्चद्वारा असंवैधानिक ठहर 

  • २७ मङ्सिर, २०७५

एजेन्सी । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएको छ । गएको अक्टोबर २६ देखि राजनीतिक संकट सुरु भएको थियो जब राष्ट्रपति सिरिसेनाले सबैलाई चकित पार्दै

कारबाहीमा १० तालिबान मारिए, १२ पक्राउ

  • २७ मङ्सिर, २०७५

घाज्नी । अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका

साउदीलाई सहयोग अन्त्य गर्ने विषयमा अमेरिकी सिनेट मतदान

  • २७ मङ्सिर, २०७५

वासिङ्टन । साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने