• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018/ 11:49 pm

सिक्टा छानबिन समितिले प्रतिवेदन बुझायो 

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बझाएका हुन् । 

बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । 

राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्व हुने देखिएको छ । कूल रु २५ अर्ब लगानीको सो आयोजनाको कूल भौतिक प्रगति ५५ प्रतिशत छ । 

समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो । 

माटोको अवस्था नहेरिकन नहर निर्माण गर्दा समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदन तयार पारेको छ । 

छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत सो आयोजनाको स्थलगत अध्ययन गरेको छ । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा देखिएको समस्याका बारेमा सुक्ष्म अध्ययन गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साना किसानको १ अर्ब ऋण मिनाहा गर्ने सरकारको निर्णय

  • २७ मङ्सिर, २०७५

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने लाेकप्रिय निर्णय गरेको छ । सरकारका प्रवक्ता गाेकुल बास्काेटाले संचारमन्त्रालयमा बिहिबार

चुहावट नियन्त्रण र बक्यौता असुलीमा गर्न कर्मचारीलाई प्रोत्साहन भत्ता

  • २७ मङ्सिर, २०७५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको

पर्यटन प्रवद्र्धनका लागि नेपाल - श्रीलङ्काको साझा अवधारणा  बनाउन  श्रीलङ्काली राजदुतको सल्लाह

  • २७ मङ्सिर, २०७५

काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताएका छन्