करेन्ट लागेर मृत्यु भएको महिलाको  घटनाबारे प्रहरीले अनुसन्धान गर्दै

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको  लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदह  बस्ने २४ वर्षिय मुकेश चाँइको श्रीमती २३ वर्षिया  सम्झना चाँइको मृत्युबारे अनुसन्धान थालेको हो । 

आफ्नै घरको कोठामा अचानक करेन्ट लागि आगलागी भई मृत्यु भएको भनि आज विहान करिब पौने ९ बजे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी घट्ना स्थल पुगेको थियो ।

ईप्रका लुम्बिनी बाट प्रहरी खटिइ गई हेर्दा लाश पलङमा जलेको अवस्थामा रहेको, दराज भित्रको कपडा, सुत्ने ओछ्यान लगायतका बस्तुहरू जलेको फेला परेको जिप्रकाले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान  कार्य भईरहेको प्रहरीको भनाइ छ ।

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर