गायक मोनी तम्लिङको मार्मिक गीत ‘एक्लै छोडे तिमीलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक मोनी तम्लिङको आवाजमा रहेको ‘एक्लै छोडे तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मोनी तम्लिङकै संगीत रहेको छ भने शब्द रुबेन पुन मगरको रहेको छ ।
आफ्नी मायालुलाई छोडेर विदेशीनु परेको पिडा र विछोडको भावलाई गीतमार्फत् व्यक्त गरिएको छ । गीतमा करुना राई र मोनी ताम्लिङले फिचरिङ गरेका छन् ।
ओपेरा इन्टरटेनमेन्ट नेपालले निर्देशन गरेको यस म्युजिक भिडियोलाई अनिल जिसीले छायांकन गरेका हुन् । आफ्नो युट्युव च्यानल मार्फत् ओपेरा इन्टरटेनमेन्ट नेपालले सार्वजनिक गरेको छ ।
भिडियो हेर्नुहोस्:
प्रतिकृया दिनुहोस