• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

२० जना आफन्तको अनुमति पाएको विवाहमा १० हजार जना आएपछि कसरी खुवाइयो खाना ?

एजेन्सी । कोरोना भाइरस महामारीको कारण मानिसहरुको धुमधाम विवाह गर्ने सपना टुटेको छ । भारतमा विवाह गर्दा ५० जना भन्दा धेरै मानिसहरुलाई बिहेमा सहभागी हुन अनुमति छैन । त्यही कारण मानिसहरुले नजिकका आफन्तहरुलाई मात्र बोलाउँछन् । 

तर मलेसियामा एक जोडीले विवाहमा २० जना मात्र बोलाउने अनुमति पाएर पनि १० हजार मानिसलाई बोलाए । उनीहरुले नियमको उल्लघंन त गरे तर उनीहरुले सामाजिक दुरी कायम गरेर बसे । यो विवाह टेन्कु मोहम्मद हाजिफ र ओसियाने अलहिकाको थियो । 

आइतबार बिहान विवाहित जोडीराजधानी क्वालालान्पुरको दक्षिण स्थितपुत्राजयामा एक भव्य सार्वजनिक ठाउँमा उभिए ।
बिस्तरै धेरै कारमा मानिसहरु आए अनि शुभकामना दिएर गए । कारमा आएका मानिसहरुले कोही पनि बाहिर निस्केनन। कारको झ्यालबाटै सबैले शुभकामना दिए । विवाहित जोडीले हात हल्लाउदै धन्यबाद दिँदै गए । 

यसरी आएका कारहरु पनि सामाजिक दुरीका साथ शुभकामना दिदै गए । १० हजार मानिसहरुले नव जोडीलाई शुभकामना दिए । तर यसरी पाँहुनामा लगाईको प्रतिबन्ध पनि तोडिएन । 

बीबीसीले बताए अनुसार यी १० हजार आफन्तलाई खाना खुवाउनको लागि अगाडी नै प्लेटमा खाना तयार गरिएको थियो । नव जोडीको अगाडी उभिएको कारलाई तयार पारिएको खाना कारको झ्यालबाटै दिइएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर