• मंगलबार १०-१३-२०७७/Tuesday 01-26-2021/ 09:43 pm

आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

काठमाडौं । पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ ।  सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ । 

अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पु¥याएका विभिन्न ११ विधामा सम्मान गरिने बताए ।  

अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् । स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताए । 

यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बंैकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप रु तीन लाख प्राप्त गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रेलमार्गमा टिकटक बनाउँदा रेलको ठक्करबाट युवकको ज्यान गयो

  • १० माघ, २०७७

इस्लामाबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच

अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन सेवा हटाउने गुगलको चेतावनी

  • ९ माघ, २०७७

एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन सेवा हटाउने चेतावनी दिएको छ ।  अस्ट्रेलियाले आफ्ना

ट्वीटरले लक गरिदियो अमेरिकास्थित चिनियाँ दूतावासको ट्वीटर ह्यान्डल

  • ८ माघ, २०७७

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकास्थित चिनियाँ राजदूतावासको ट्वीटर ह्यान्डल लक गरिदिएको छ। चीनको पश्चिमी प्रान्त सिन्जियाङमा सरकारले