• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 09:32 pm

‘सुर्खेतको बुलबुले ताल..., विस्तारसँगै भयो बेहाल... ’

हे...सुर्खेतको बुलबुले तालैमा..
       नाचौंला मादलु तालैमा......

कर्णाली प्रदेशको हरेक जिल्लामा गुञ्जने यि गीतका भाका । चाहे त्यो टप्पा गीत होस् वा लोक भाका । सुर्खेतैको बुलबुले ताल सिंगो पहिचान हो कर्णालीको । सुर्खेत उपत्यकामा जमिनबाट ‘बुलबुल’ पानीको फोकासहित उम्रिने पानी । त्यही पानीको ताल । जसको नाम बुलबुले ताल । टप्पा गीत, नृत्यमा सुर्खेतको बुलबुले तालको बखान नसुन्ने कमै होलान् । धेरैको कानमा गुञ्जने बुलबुले तालले यतिखेर ठूलो आधार लिएको छ । 

कर्णाली प्रदेशको पर्यटकिय स्थलमध्ये मुख्य रुपमा चिनिन्छ बुलबुले ताल । बुलबुले ताल विस्तारको काम सम्पन्न भएसँगै सुन्दरता झन् बढेको छ । जति सुन्दर हुनुपर्ने हो हो तर, आन्तरिक व्यवस्थापन पक्ष कमजोर हुँदा कुरुपतातिर उन्मुख हुँदै गएको छ ।  

ताल विस्तार भयो । विस्तारसँगै कोभिड–१९ को चपेटामा बुलबुल पनि प¥यो ।  ९ महिनादेखि ताल बन्द रह्यो । मंसिर ४ बाट आन्तरिक तथा वाह्य पर्यटकका लागि खुला गरिएको छ । बुलबुलेभित्र आउने पर्यटकहरुको एउटै सुझाब छ– ‘यहाँको फोहोर व्यवस्थापन गरिदिएको भए सुन्दर देखिएको बुलबुले ताल झन् सुन्दर देखिने थियो ।’

बुलबले ताल थोरै क्षेत्रफलमा हुँदा फोर थिएन । जब विस्तार गरियो वरिपरि फोहोर ह्वाट्टै बढ्यो । ‘सानो ताल हुँदा सफा थियो । अहिले ठूलो बनाएको छ भनेर हेर्न आइयो । राम्रो त भएको रहेछ तर, फोहोरले कुरुप भएछ ताल त’, जुम्लाबाट बुलबुले ताल हेर्ना आएका  वीरुसिङ बुढाले समाचार दैनिकसँग भने । 

झट्ट हेर्दा व्यवस्थापन राम्रो जस्तो दखिए पनि बुलबुलेको किनाराको पलाष्टिक जन्य फोहोरले कुरुप बनाउँदै लगेको अनुभुति सुनाए पहिलो पटक बुलबुले घुम्न आएका  जाजरकोट नलगाड नगरपालिकाका हरी बहादुर ओलीले । ‘यही अवस्था रहिरह्यो भने अबको केही महिनाभित्र बुलबुले हेर्न नसक्ने अवस्थाको पुग्न सक्छ । यो हाम्रो कर्णाली प्रदेशको गहना हो । यसको संरक्षणमा सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ’, ओलीले भने । 

आर्थिक वर्ष २०७६÷०७७ मा बुलबुले ताल बिस्तारका लागि १ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । बजेट अभावको कारण अझै केही उद्ययनभित्रका संरचना बनाउनका लागि समस्या भएको वीरेन्द्रनगर नगरपालिका प्रमुख देव कुमार सुवेदीले बताए । यो वर्ष कोभिड–१९ कारण कुनै निकायबाट बुलबुलेमा बजेट आएको छैन ।  कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा ५० लाख रुपैयाँ बजेटको माग गरिएको प्रमु्ख सुवेदीले बताए । 

प्रदेश सरकारबाट आउने बजेटले चौकिदार थपेर बुलबले क्षेत्रमा सरसफाई देखि आन्तरिक व्यवस्थापनलाई बलियो बनाउने तयारी भइरहेको सुवेदीले बताए ।

......

सुरक्षा नहुदा मासिक लाखौ घाटा  फोहोर झन् बढ्यो 

कर्णाली प्रदेशको नाका सुर्खेत उपत्यका । कर्णाली प्रवेश गर्ने आन्तरिक वा वाह्य पर्यटक सुर्खेत बुलबुले तालको क्षेत्रभित्र नपस्ने कमै हुन्छन् । सिजनमा दैनिक हजारौंको संख्यामा आउने पर्यटकहरुको व्यावस्थापन गर्नको लागि बुलबुले उद्ययनभित्र सुरक्षाको आवाश्यक रहेको चौकिदार डिल्ली प्रसाद न्यौपनेले बताए । उनका अनुसार बुलबुले क्षेत्रमा असुरक्षाका कारण भनेजति टिकट बितरण गर्न नसकिएको उनले बताए । टिकट बिक्रिको लागि धेरैसँग झगडा गर्नु परेका कारण आफूहरु असुरक्षित रहेको उनले बताए । ठ्रूलो समूह बनाई घुम्न आउने युवाहरुले टिकट नलिई घुम्ने र फोहोर गर्ने गरेको गुनासो उनले पोखे । 

गाउँमा जाने बाटो बुलबुले तालकै छेऊबाट भएकाले को नयाँ आगन्तुक पर्यटक, को यहाँको रैथाने छुट्याउन समस्या भएको चौकिदारहरुको गुनासो छ । गुनासो पोख्दै उनले भने– ‘समूह बनाई आउने युवाहरुलाई टिकट काट्नको लागि अनुरोघ गर्छौं । तर, उल्टै हामीमाथि आइलाग्छन् ।  कतिपटक प्रहरी प्रसाशनलाई गुहार माग्छौं । तर, उनीहरु समयमा आइदिंदैनन् ।’ 

चौकिदारहरुले भोग्नु परेका समस्याका बारेमा नगरपालिका प्रहरी प्रसाशनलाई जानकारी गराउँदासमेत सुनाई नभएको चौकिदारहरुले बताए । सुरक्षाको अभाव भएको स्वीकार्दै नगर प्रमुख सुवेदीले भने– ‘यो समस्या बारे जानकारी छ । तर, प्रहरी वीट राख्नको लागि धेरै पटक पहल गरेको छु । प्रहरी 
वीट राख्न सकिएको छैन ।’

आगामी दिनमा नगरपालिकाबाट नगर प्रहरीको व्यवस्थापन गरेर भए पनि समस्या हल गर्नतिर लाग्ने सुवेदीले बताए।
...........
 
बुलबुलेभित्र विकासको नाममा प्राकृतिक संरचना बिनास हुँदै

बुलबुले ताललाई विस्तार गर्दै गर्दा यहाँभित्रका प्राकृतिक संरचना हराउँदै जानेतर्फ कसैको ध्यान गएको छैन । ‘यहाँको प्राकृतिक संरचना खतरामा पुगेको छ’, सामाजिक अभियान्ता एवं क्लिन सुर्खेत, ग्रिन सुर्खेतका अभियान्ता डाक्टर नवराज केसीले चिन्ता व्याक्त गर्दै भने । 

बुलबले तालको बनोट र त्यहाँभित्रका केही प्राकृतिक संरचना सकिदै गएको आफू साक्षी भएको डाक्टर के।सीले बताए । ‘पुरानो बुलबले अहिले लोप हुँदै गएको छ । बुलबुलेभित्र विकास निर्माणको पछिल्लो अवस्था हेर्दा प्राकृतिक संरचनालाई तोडेर जबरजस्त रुपमा संरचना बनाइएको छ’, उनले भने ।

बुलबुले क्षेत्रभित्रको दलदले जमिन र त्यहाँको सिमसार क्षेत्रलाई ग्राभिल, इट्टा बिछ्याएर पार्किङ क्षेत्र बनाइको उदाहरण दिंदै केसीले भने– ‘केही वर्षमा सबै मिलेर बुलबुलेलाई पुरानै अबस्थामा नफर्काउने हो भने त्यहाँको पानी सुक्ने अवस्थामा पुग्छ ।’  भित्र निर्माण गरिएका पार्किङ क्षेत्रलाई बाहिर सारेर बुलबुलेको प्राकृतिक संरचनालाई पुरानै अवस्थामा फर्काउनलाई बेलैमा ध्यान दिन उनले अपील गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, शून्यमा झार्ने सम्भावना कति छ ?

  • ४ माघ, २०७७

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा

राष्ट्रिय पहिचानको पर्खाइमा 'भक्का '

  • ४ माघ, २०७७

झापा । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का

माघे संकान्तीमा रिडी मेला र राडीपाखीको व्यापार 

  • १ माघ, २०७७

पाल्पा । नेपालको चार धाम मध्येको एक रुरु क्षेत्र धाम रिडीमा यसवर्ष माघे संक्रान्ती मेला लागेको छैन । तर हिन्दु धर्मवालम्बीहरुको आस्थाको केन्द्रको