नवतानाशाहलाई सुनाउन सबै जिल्लामा प्रदर्शन : नेतृ झाक्री

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रदर्शनगरेको तानाशाही कदमका विरुद्ध देशैभर आन्दोलन गरेको बताएकी छिन् । ‘आम नेपाली जनताले समृद्ध नेपाल सुखी नेपाली बनाउन कालागि नेकपालाइ बहुमत दिएका हुन । नागरिके सुख, शान्ति, विकास र अमनचयनका लागि त्यति ठूलो मत दिएका हुन । पाँच वर्षमा नेकपा नेतृत्वको सरकार समाजवादी व्यवस्थामा जानको लागि आधार तयार पार्न सफल हुने आशासहित मत दिएका हुन । तर केपि ओली नयाँ तानाशाह जन्मिए । 

उनले लामो त्याग र तपस्या अनि बलिदानले प्राप्त भएको नयाँ संविधानको धज्जी उडाएका छन् । उनले भनिन्, विश्वमा यस्ता तानाशाहको इतिहास कि काटिन्छन्, कि घुँडा टेक्ने गरेका प्रशस्त छन् । राजालाई पनि हामीले नै घुंडा टेकाएको इतिहास धेरै भएको छैन ।उनले विगतमा व्यक्तिको शासन अन्त गरिएको बताउँदै आफूहरु विधीको शासन स्थापना गर्न आन्दोलनमा आएको बताईन ।

उनले आज गरिएको विरोध प्रदर्शन न्याय पालिकालाई जनताको आवज सुनाउन पनि गरिएको बताईन । ‘न्यायालयमा पनि हामी जस्तै मानिस छन् । उनिहरु कसैबाट प्रभावित नहोउन र सहि न्याय दिउन र संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गरोस भन्ने हाम्रो चाहना हो । प्रतिगमनकारी ओली कदमले देशलाई अनिश्चिततातर्फ, अध्याँरोतर्फ धकेलेको छ । यसको एकमात्र उपाय भनेको अहिले प्रतिनिधिसभा पुर्नस्थापना नै हो । उनले भनिन, हामीलाई न्यायालय प्रति भरोसा छ ।’

नेपाली कांग्रेस  अहिले ओली पथ र विद्यापथमा हिडिरहेको आरोप लगाइन । एकातिर संवैधानिक कु भन्ने अर्कोतिर चुनावमा सहभागि भइ बहुमत ल्याउने सपना देख्ने काम अहिले काँग्रेसले गर्द आइरहेको छ । उनले भनिन, यो व्यवस्था नै ओलीले धरापमा पारेपछि कहाँ गएर बहुमत ल्याउनु हुन्छ ? त्यसैले आउनुहोस, यो गणतन्त्र रक्षाका लागि एकै व्यानरमा दुइ झण्डा लिएर प्रतिगमनका विरुद्ध लडौं ।

उनले पार्टी कार्यालय कब्जा गरेर केहि नहुने बताईन ।  हामीले सरकारी बुलेटसँग लडने ताकत राख्छौं । कार्यालय कब्जा गर्ने केहि लठैतहरुसँग लडन जरुरी नै छैन । उनी भन्छिन्, हामी राजनीतिक रुपमा लडाई लडछौं । निरीह जनताका पक्षमा लड्छौं । उनले ओलीलाई पार्टी अध्यक्ष बनाएर, दलको नेता बनाएर र प्रभानमन्त्री बनाएर गल्ती भएको महसुस भएको बताईन । अहिले जनतासँग जाँदा आफूहरुको शिर निहुरीएको बताउँदै संसद पुनःस्थापना गरेर संघीयतालाई बलियो बनाउने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा नेकपा सुर्खेतका इन्चार्ज नरबहादुर विष्ट, सहइन्चार्ज विन्दमान विष्ट, झकबहादुर मल्ल, नेकपा जिल्ला कमिटि अध्यक्ष ध्रुवकुमार शाही, सदस्यहरु अमृत विसी, मोहनकुमार बडुवाललगायतले केपि ओलीले जनअपेक्षामाति बलात्कार गरेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर