सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।
मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”,उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।”
लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद,ओसारपसार,सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्
मोरङ । विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक
प्रतिकृया दिनुहोस