• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लेखनाथ पुस्तकालयबाट स्रष्टालाई सम्मान

झापा । नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ । पुस्तकालय समितिको आज बिहान बसेको बैठकले ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान’ हास्यव्यङ्ग्य कवितामा योगदान पु¥याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई रु ५१ हजार १११ सहित प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै ‘श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान’ इलामका सोमप्रसाद निरौला, ‘भक्तिकिरण साहित्य सम्मान’ दमककी  सुमित्रा वाङ्देल चेली, ‘चूडामणि रेग्मी झर्राे साहित्य पुरस्कार’ काँकरभिट्टास्थित सुसेली साहित्य परिवार र ‘छन्दोबद्ध कवि सम्मान’ मेचीनगरकी शिशा थारुलाई दिइने भएको छ । 

ती पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु छ हजार, रु २५ हजार र रु एक हजार रहेको पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले बताए । विसं २०७७ का लागि ती पुरस्कार कविशिरोमणि लेखनाथ जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर