• सोमबार १०-५-२०७७/Monday 01-18-2021/ 03:35 pm

नेपाल टेलिकमको आइपी टिभी शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । 

दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ ।

यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ । 

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजीकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउँछन् । उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ । 

विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

थप चार क्षुद्रग्रहले पाए नाम

  • २ माघ, २०७७

काठमाडौ । सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । सोमा चार वटा

ट्रम्पको अकाउन्ट बन्द गरेपछि ट्वीटरलाई अढाइ अर्ब डलर घाटा

  • २८ पौष, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै ट्विटरले २५० अर्ब डलर गुमाएको छ । लोकप्रिय सामाजिक सञ्जाल

भूउपग्रहसम्बन्धी अध्ययन गर्न नौ कम्पनीको आवेदन

  • २८ पौष, २०७७

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि नौवटा कम्पनीले आशयपत्र बुझाएका छन् ।  नेपाल  दूरसञ्चार प्राधिकरणले