वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ ।
अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ । गाउँपालिकाले आफ्नै लगानीमा छ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो । वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटमा गाउँपालिकाले रु एक करोडका दरले रु पाँच करोड विनियोजन गरेको थियो थियो । रु एक करोड जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि छ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए ।
ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । छ वटा मध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु पाँच वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् । मनहरी गाउँपालिकामा नौ वटा वडा रहेका छन् । रासस
मोरङ । जिल्ला निर्वाचन कार्यालय मोरङले निर्वाचनको तयारी सुरु गरेको छ । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला
गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि
काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार
प्रतिकृया दिनुहोस