• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 05:18 pm

प्रहरी गुनासो पेटिका विस्तार

वाग्मती ।  प्रहरीले जनतालाई पु¥याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा  शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको  छ  । 

यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी  तयारी अघि बढाइएको हो । तीन  चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ ।  

सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ पुगेकाले सुझाव पेटिकालाई व्यापक बनाउन लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । 

प्रहरी कार्यालयमा वर्षौँदेखि गुनासो पेटिका राखिए पनि प्रहरीका गलत कामको उजूरी त्यहाँ नपर्ने हुनाले अब स्थानीय निकायमा सर्वसाधारणलाई गुनासो पेटिका राखिएको प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ ।  स्थानीय तहमा राखिएको गुनासो पेटिका प्रत्येक महिनाको १ गते सम्बन्धित तहका प्रतिनिधि र स्थानीयवासी, नजीकको  प्रहरी एकाइका प्रतिनिधिले  सिलबन्दी गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्छ । गुनासोमाथि छानबिन र कारवाही गर्ने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको  जनाइएको छ ।

नागरिकलाई प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा गुनासो पेटिका राख्दै आएको छ  । गुनासो पेटिकामा प्राप्त आवश्यक योग्य सुझावलाई  तत्काल कार्यान्वयन चरणमा अघि बढाइने गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए । 

पहिलो चरणमा भरतपुर महानगर र हेटौँडा उपमहानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाउँपालिकामा गुनासो पेटिका राखिएको थियो । अब दोस्रो चरणमा ७० गाउँपालिका गुनासो तथा सुझाव सङ्कलन पेटिका राखिने छ भने तेस्रो चरणमा आवश्यकतानुसार वडा कार्यालय समेतमा विस्तार गरिने  प्रदेश प्रहरी कार्यालयको योजना छ । 

स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीले पनि प्रहरीलाई आफ्नो कामकारबाहीबारे गुनासो र सुझाव दिन सक्ने छन् ।  सुझाव तथा गुनासो गोप्य रहने छ   ।   वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजूरीसमेत सङ्कलन सुधारका लागि विविध काम गर्दै आइरहेको छ  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकी प्रदेशले कोरोना प्रभावित व्यवसायीलाई विना व्याज ऋण दिने 

  • ८ माघ, २०७७

काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका

बिहिबारबाट सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन अध्यापन सुरु 

  • ८ माघ, २०७७

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा  शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्

मोरङको मिक्लाजुङ्गका शिक्षक श्रेष्ठको हत्यामा संलग्न विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

  • ८ माघ, २०७७

मोरङ ।  विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक