काठमाडौँ । बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनिकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल देखिएको हो ।
बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ ।
नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने एजेडडी १२२२ खोप भारतमा कोभिसिल्डको नामबाट विश्व्कै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट आफ इन्डिया (एसआईआई)ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र बेलायतका प्रधानमन्त्रसँग प्रत्यक्ष संवादलगायत कूटनीतिक पहल गरेर कोभिसिल्ड किनर वा जसरी भए पनि मुलुकमा भित्र्याउन सुरु गर्नुपर्ने विज्ञ बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झनै कठिन हुने चेतावनी दिएको छ । कोरोना भाइरसको नयाँ प्रकार
काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा
बाग्लुङ् । कोरोना भाइरस महामारी सुरु भएको एक बर्ष वित्दापनि बागलुङमा पिसिआर प्रयोगशाला स्थापना भएको छैन । सरकारले गत असार १२ गते धौलागिरि
प्रतिकृया दिनुहोस