• सोमबार १०-५-२०७७/Monday 01-18-2021/ 04:08 pm

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा अनुमति

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 

संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । 

बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । 

कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । 

डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताउनुभयो । 

डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ । 

फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो । 

विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वर्ष २०२०भन्दा २०२१ झनै कठिन हुने डब्लुएचओको चेतावनी

  • ४ माघ, २०७७

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झनै कठिन हुने चेतावनी दिएको छ ।  कोरोना भाइरसको नयाँ प्रकार

भारतमा उत्पादित कोरोना भ्याक्सिन अब नेपालमा पनि प्रयोग गर्न मिल्ने

  • २ माघ, २०७७

काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा

अझै पिसिआर परीक्षणबाट बञ्चित छन् बाग्लुङका सर्वसाधारण

  • २ माघ, २०७७

बाग्लुङ् । कोरोना भाइरस महामारी सुरु भएको एक बर्ष वित्दापनि  बागलुङमा पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।  सरकारले गत असार १२ गते धौलागिरि