पाल्पा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नेकपा विभाजन नभएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन हुँदैमा पार्टी विभाजन भएर सडकमा जानुपर्ने अवस्था नरहेको बताए ।
शनिबार पाल्पाको तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले पार्टीभित्रको असन्तुष्टि र संसद विघटनका विषयमा चित्त नबुझेमा एकठाउँमा बसेर समाधान गर्न सकिने हुँदा सबै कार्यकर्तालाई विघटनको विपक्ष र एकताको पक्षमा लाग्न निर्देशन दिए ।
उनले नेकपा मुलधारमै रहेको हुँदा माथिल्लो तहका केही नेताहरु असन्तुष्ट भए भन्दैमा निरास नहुँन पनि सबै कार्यकर्तामा अनुरोध गरे । पार्टी भित्रैबाट प्रधानमन्त्री प्रति अविश्वासको प्रस्ताव राख्ने तयारी भएका कारण देशले नचाहेको परिस्थिती उत्पन्न भएको ज्ञवालीले बताए ।
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्
मोरङ । विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक
प्रतिकृया दिनुहोस