सप्तरी । प्रदेश २ सरकारले चट्याङबाट मृत्यु भएका सप्तरीका चार जनाको परिवारलाई राहतस्वरुएकरएक लाख रुपैयाँ प्रदान गरेको छ।
शनिबार राजविराजमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मृतककका आफन्तलाई एकरएक लाखका दरले रकम हस्तान्तरण गरेका हुन्।
चट्याङबाट ज्यान गुमाउने महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई एक–एक लाखको चेक हस्तान्तरण गरिएको हो।
गएको असार ११ गते चट्याङ लागेर उनीहरुको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो। बेचन महादेवा गाउँपालिकाका खरिदार थिए।
यसैगरी लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो।
चट्याङ लागेर राजगढ गाउँपालिका(४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए।यसैगरी मन्त्री साहले आफू निर्वाचित सप्तरीको निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गतको १५ विद्यालयलाई एकरएक थान थर्मल गन उपलब्ध गराएका छन्। कोरोना सङ्क्रमणको अवस्था अझै नटरिसकेकाले शिक्षक तथा विद्यार्थीको तापक्रम परीक्षण गर्न सामुदायिक विद्यालयलाई थर्मल गन प्रधान गरिएको साहले बताए।
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्
मोरङ । विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक
प्रतिकृया दिनुहोस