बुटवल । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकटका युवा तथा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध सडक तताउने भन्दै उनीहरुले संसद पुर्नस्थापना गराएरै छाड्ने बताएका छन ।
आज बुटवलमा पत्रकार सम्मेलन गरेर युवा तथा विद्यार्थी नेताहरुले संविधान माथि प्रधानमन्त्रीले कु गरेको भन्दै संविधान, गणतन्त्र तथा लोकतन्त्र रक्षाका लागि आन्दोलनमा होमिएको बताएका छन ।
पत्रकार सम्मेलनमा वोल्दै राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध नभएको अवस्थामा काम गर्न दिइएन भन्दै संविधान च्यात्ने काम असवैधानिक रहेको बताए ।
उनले प्रधानमन्त्रीलाई काम गर्न कुनै अवरोध नभएको अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै पार्टी भन्दा माथि छु भन्ने शैलीमा ओलि अगाडी बढ्न खोज्नु कुनै हालतमा जायज हुन नसक्ने बताए ।
उनले पार्टीका नेताहरु माथि विगतमा अपमान गर्ने काम भएको भन्दै अव कुनै किसिमको अपमान गर्ने काम भएमा आफूहरु चुप लागेर नवस्ने चेतावनी पनि दिए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य सरिता श्रीषले सडकबाटै राजतन्त्र फालेर गणतन्त्र ल्याएको तथ्य प्रतुत गर्दै संसद पुर्नस्थापना पनि गरेरै छाडिने बताइन ।
अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले आम विद्यार्थी शैक्षिक र राजनीतिक एजेण्डा सहित आन्दोलनमा उत्रिएकोे बताए ।
दोलखा । सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ । जिल्लाका नौ
सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को
झापा । झापाको किष्णे खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल निर्माण भएपछि गौरादह नगरपालिका ७ शूर्योदय टोल र गौरादह नगरपालिका ९ त्रिबेणी चोकका
प्रतिकृया दिनुहोस