• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 09:47 pm

माघ ७ मा वाग्मती प्रदेशसभाको बैठक

मकवानपुर ।  वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् । 

प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । 

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय पहिचानको पर्खाइमा 'भक्का '

  • ४ माघ, २०७७

झापा । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का

भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि नमूना प्रदर्शन (फोटोफिचर)

  • २ माघ, २०७७

पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ । नेपाली

अहिलेको खतरा संघीयतामाथिको हो: कृष्ण पहाडी 

  • २ माघ, २०७७

विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत्