चितवन: लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डहरुले माइतीघरको सडकमा बसेर ‘हामी यहाँ छौं’ भनेको सुनेको बताए ।
चितवनमा आयोजित ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री पोखरेलले नजिकिँदो चुनावसँगै प्रचण्ड चितवन जिल्लामै कैद हुने बताए । उनले भने, ‘प्रचण्ड कहिले सिरहा पुग्नुहुन्छ, कहिले चितवन, निर्वाचनैपिच्छे उहाँले ठाउँ परिवर्तन गरिरहनु हुन्छ । यो पटक उहाँ चितवनमै कैद हुनुहुन्छ सायद ।’
प्रचण्ड माधव पक्ष सडकमा ‘हामी यहाँ छौं’ भनेकोप्रति कछाक्ष गर्दै पोखरेलले भने, ‘पार्टी विभाजनपछि कहाँ जानुहुन्छ होला भनेको त उहाँहरु त माइतीघरको सडकमा पो ‘हामी यहाँ छौं’ लेखेको प्लेट छातीमा टाँसेर बस्नु भाको रैछ ।’ उनले थपे, ‘अझै नसच्चिए उहाँहरु सडकमै जाने हो ।’
ओली देश दौडाहामा लागेको स्मरण गर्दै प्रचण्ड अब के गर्छन् होला भन्ने प्रश्न गरे । प्रचण्डले सधैंभरी सम्बन्धलाई उपयोग गर्न खोज्ने आरोप लगाए । पोखरेलले ‘यो पटक पनि माधव र झलनाथको डाढमा टेकेर प्रचण्डको टाउकोमा हानेका छन् । यो उनको पुरानो बानी हो, अरुलाई प्रयोग गर्ने ।
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्
मोरङ । विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक
प्रतिकृया दिनुहोस