• सोमबार १०-५-२०७७/Monday 01-18-2021/ 05:10 pm

पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद सहयोग

बागलुङ ।  पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु. २० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका हुन् ।

शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गरेको अध्यक्ष शिरीषले बताए । महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताए । 

बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासङ्घलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे । समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ । शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासङ्घप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताए । 

भवन निर्माणदेखि महासङ्घका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उनको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासङ्घको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो । 

एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैङ्कसँगको सहकार्यमा महासङ्घले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश २ मा सरकारविरुद्ध आन्दोलनको तयारीमा सहिद परिवार

  • ५ माघ, २०७७

काठमाडौं । मधेश आन्दोलनको १२ वर्ष पुरा भएको छ । मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको स्मृति दिवसमा प्रदेश २ को सरकारले सार्वजनिक विदा नै दिने घोषणा

मोरङमा सुरु भयो निर्वाचनको तयारी

  • ५ माघ, २०७७

मोरङ । जिल्ला निर्वाचन कार्यालय मोरङले निर्वाचनको तयारी सुरु गरेको छ । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला

दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर

  • ५ माघ, २०७७

गण्डकी ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि