बागमती प्रदेशसभाको बैठक माघ ७ गते बोलाइयो

काठमाडौँ । बागमती प्रदेशको सातौ अधिवेशन आगामी माघ ७ गतेका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै माघ ७ गते बैठक आह्वान गरिएको जानकारी दिएको हो ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काद्वारा जारी गरिएको सूचनामा प्रदेश प्रमुख प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक डाकिएको उल्लेख छ। बैठक शुरु भएलगतै मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर