हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ ।
आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए ।
घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । “कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ”, उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।
झापा । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का
पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ । नेपाली
विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत्
प्रतिकृया दिनुहोस