काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन ‘युएस क्यापिटल’मा जबरजस्ती प्रवेश गरेर तोडफोड मच्चाएका छन् । तोडफोडमा परी चार जनाको मृत्यु भएको बताइएको छ ।
यो घटना प्रजातन्त्रमाथिको सबैभन्दा ठूलो हमला भएको बताउँदै सत्ता हस्तान्तरणको कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विश्वका नेताहरुले अपील गरेका छन् । यस दिनलाई अमेरिकी प्रजातन्त्रमा कालो धब्बाको रुपमा व्याख्या गरिएको छ । तस्विरमा हेरौँ, ट्रम्प समर्थित प्रदर्शनकारीहरु अमेरिकी संसदभित्र कसरी घुसे ? तस्विर श्रोतः रोयटर्स, ईपिए, एपी र एएफपी समाचार एजेन्सी ।
वासिङ्टनस्थित अमेरिकी संसद भवन युएस क्यापिटलअगाडी ट्रम्पका समर्थक भेला भएसँगै प्रहरी अधिकारीहरु तैनाथ अवस्थामा । तस्विरः लिह मिलिस, रोयटर्स ।
टियर ग्यास प्रयोग गरी संसद भवनबाट प्रदर्शनकारीलाई भगाउँदै प्रहरी । तस्विरः स्टेफनी केइथ, रोयटर्स ।
संसद भवनभित्र घुस्ने क्रममा रहेका ट्रम्प समर्थित प्रदर्शनकारीहरुमाथि पेपर स्प्रे गरिँदै । तस्विरः विल ओलिभर, ईपिए ।
प्रदर्शनकारीहरु अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभको च्याम्बरभित्र घुस्ने खोज्दा हाउस ग्यालरीमा आरक्षण लिएका व्यक्तिहरु । तस्विरः एड्रिउ हार्निक, एपी ।
प्रदर्शनकारीहरु युएस क्यापिटलमा छिरेपछि अमेरिकी कंग्रेसका कर्मचारीहरु आफूँलाई सुरक्षित बनाउँदै । तस्विरः ओलियर डोउलियर, एएफपी ।
अमेरिकी सभामुख नान्सी पेलोसीको कक्षलाई कब्जा गरेर बसेका एक ट्रम्पक समर्थक प्रदर्शनकारी । तस्विरः जिम लो स्कलजो, ईपिए ।
अमेरिकी कंग्रेसद्धारा २०२० राष्ट्रपति चुनाव परिणमहरुको प्रमाणिकरणका लागि एक र्यालीका दौरान ट्रम्प समर्थित प्रदर्शनकारीहरुले अमेरिकी संसद भवनमा कब्जा जमाउँदै । तस्विरः शानन स्टेप्लेटोन, रोयटर्स ।
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा
धनगढी । थारु तथा मगर समूदायको प्रमुख पर्व माघी बिहीबार सुदुरपश्चिम प्रदेशमा धुमधामसाथ मनाईयो । थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा समेत लिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले बुधबार काठमाडौंमा जिल्ला काठमाडौं जिल्ला स्तरीय भेला आयोजना गर्यो । भेलामा
प्रतिकृया दिनुहोस