भेरी नदीमा बस खस्यो
सुर्खेत । दाङबाट रिजर्भका लागि सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।
नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।
उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको पनि भट्टराइको भनाइ छ ।
‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले समाचार दैनिकसँग भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता रहेको र उनको खोजी कार्यमा जुटेका छौं ।’
वडाध्यक्ष भट्टराईकाअनुसार बस नम्बर भने खुलेको छैन् ।
प्रतिकृया दिनुहोस