• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीले गर्यो हस्तक्षेप [फोटोफिचर]

काठमाडौं । संसद बिघटन बिरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले काठमाडौंको नयाँबानेश्वरस्थीत निषेधीत क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । 
संसद बिघटनबिरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका अखिल आवद्ध बिद्यार्थीहरुले बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । 

मिनभवनको कमर्श क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेका थिए । बिद्यार्थीहरुले पुत्ला दहन गर्ने बितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस लगतै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । 

त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा बिद्यार्थीहरुले संसद बिघटन असंवैधानिक भएको भन्दै निरन्तर आन्दोलन गर्ने बताएका थिए । 

प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसँग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर