• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विभिन्न विधामा कला सम्मान र पुरस्कार

काठमाडौं ।  नेपाल व्यावसायिक कलाकार सङ्घले विभिन्न विधामा आज कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सङ्घको २६औँ वार्षिकोत्सव तथा राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहमा उनीहरुलाई सताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सङ्घले हेमगङ्गा युवा कला प्रतिभा पुरस्कारबाट कान्छाकाजी भासिमा र हेमगङ्गा नारी कला प्रतिभा पुरस्कारबाट भद्राकुमारी घलेलाई पुरस्कृत गरेको छ । यस्तै क्यान आइडियल कला पुरस्कारबाट अग्निराज कँडेल, मुल्मी ग्राफिक डिजाइन पुरस्कारबाट कृष्णगोपाल श्रेष्ठ, अमात्य कला पुरस्कारबाट कृष्णप्रकाश शाह, क्यान सिग्देल आर्ट पुरस्कारबाट दीपक कुँवर, निर्वाण कला पुरस्कारबाट विक्रम श्री पुरस्कृति  भएका छन् ।

बालकृष्ण स्मृति कला पुरस्कारबाट दामोदर बराल, सुरेन्द्र प्रधान दीर्घ कला साधक सम्मानबाट कृष्णगोपाल रञ्जित, क्रोधकला शिरोमणि कालु कुमाले परम्परागत कला पुरस्कारबाट श्यामदास अशान्तलाई पुरस्कृत गरिएको छ । उक्त समारोहमा मूर्तिकार गोविन्दनारायण ज्यापु, कलाकार राजेन्द्र केसी र सबैभन्दा बढी रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर