• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘पुुँजीवादसँग आजित’ चिनियाँ युवा मार्क्सको ‘दास क्यापिटल’ नै चम्काउन चाहान्छन्  

युवा चिनियाँहरु आफ्नो देशको आधुनिक इतिहासको एक प्रमुख पुनर्मूल्यांकनको मध्यमा हुन्, जो एक तथाकथित सामाजवादी काललाई लिएर आफ्नो दृष्टिकोण परिवर्तन गरिरहेका छन् । जसलाई सन् १९४९ मा पिपुल्स रिपब्लिक अफ चाँइनाको स्थापना र सन् १९७९ मा ‘सुधार तथा खुल्ला’ अभियानको सुरुवातका बीचका वर्षहरुको रुपमा परिभाषित गरिएको छ । 

यस अवधिमा योगदानमा पप इतिहासका लेखहरु तथा सामाजिक सञ्जालका भिडियोहरुको एक लहर चलेको छ । जसले समाजवाद, माओत्सेतुङ्ग र पिपल्स रिपब्लिकको प्रारम्भिक इतिहासको लोकप्रिय बुझाईहरुलाई संशोधन गर्न माग गर्छ । 

तर, लेखहरु आफैँ एक आन्दोलन बन्दैन, अघिल्ला पिढीहरुभन्दा फरक युवाहरु अनुभव र दृष्टिकोणका कारण उनीहरु गहिराईबाट प्रतिध्वनित भए । सिधा शब्दमा भनौँः समाजवादको माताहतमा जीवन हुनु सबै कुरा होइन ।

सन् १९९० र २०००को दशकमा जन्मिएका चिनियाँ युवाहरु द्रुत गतिमा बढिरहेको आर्थिक विकास र चीनको समग्र राष्ट्रिय शक्तिको युगमा हुर्किए । विशेषगरी सन् २००८पछि, जब पश्चिमले आफूलाई बनाउने क्रममा एक वैश्विक आर्थिक संकटमा धकेल्यो र चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा माथि उठ्यो, उदारवाद जस्ता पश्चिमी विचारधाहरुले विस्तारै–विस्तारै आफ्नो शीत युद्धका बारेमा सांस्कृतिक आधिपत्य गुमाए ।

यसले मानिसहरुलाई चिनियाँ र विश्व इतिहासप्रतिको बुझाईमा व्यापक पुनर्विचार गर्नका लागि एउटा झ्याल खोल्यो । थुप्रै युवा चिनियाँहरु नव–उदारवादी सर्वसम्मतिलाई खारेज गर्छन् जसको बढी शान्तचित्तको पक्ष लिनु, विभिन्न राजनीतिक विचारधाराहरुको फाइदा तथा बेफाइदाको तुलना गर्न विश्लेषणात्मक दृष्टिकोण बाहेक पश्चिमी विकास राण्नीतिहरुको अर्को कुनै विकल्प छैन । 

अनलाइन, इतिहासकार र शौकीन व्यक्तिहरु राष्ट्रिय विकासमाथि उद्योग, सामाजिक वर्ग, सेना र भूराजनीतिको प्रभावहरुमाथि जोड दिन्छन्, जबकि आफ्नो पाठक, श्रोताहरुलाई विदेशी शक्तिहरुको भयावह उद्देश्यहरुबाट सावधान रहन र राजनीतिप्रति सरल ‘हिप्स्टर’(वर्तमान ट्रेन्ड वा फेसनको अनुसरण गर्ने) दृष्टिकोणबाट बच्नका लागि चेतावनी दिन्छन् । 

वर्षौँसम्म, चीनको इतिहासको बारेमा अझ बढी जान्न चाहानेहरुलाई विविधापूर्ण विचारधाराहरुका साथ प्रस्तुत गरिएको थिएन, बरु ८० र ९० को दशकको एकल वैचारिक परिपाटीका बीच कामको एक पर्खाल उत्पन्न भयो । 

यीमध्ये धेरैजसो सूचना संचारमा धनी थिए, तर उदार राजनीतिक तथा सांस्कृति झुकावबाट प्रभावित थिए, जो युवाहरुसँग प्रतिध्वनित हुँदैन । विचारधारा र अनुभवलाई एकातिर राखेर, एक नयाँ पिढीका लागि देशको सांस्कृतिक प्रवचनमाथि पहिलेदेखि हावी हुने मानिसहरुको स्वयंसिद्ध विचारहरुको पछि लाग्नु स्वाभाविक हो ।

उदाहरणका लागि, एक दशअघि पनि चिनियाँ मुख्य भूमि रिपब्लिकन युगका लागि उदासिनताको लहरको जालमा थियो, जसले पूर्व कम्युनिस्ट कुओमिन्ताङ्ग(केएमटी) सरकारलाई भारी मात्रामा काल्पनिक कथा बनाइएको थियो । यद्यपि, आज यो पूर्व उदार गढहरुमाथि पनि लोकप्रिय भएको छ, जस्तो प्रश्न र उत्तर प्लाटफर्म जीहुमा अभिलेख गरिएका तस्विर तथा दस्तावेज राखिएका लामो पोस्ट लेख्नका लागि उत्साहित गरिन्छ । विशेष रुपले केएमटी शासनको भ्रष्टाचार र सामाजिक क्षयलाई उजागर गर्छन्, जसले यो मामिला केवल चिनियाँ कम्युनिस्ट पार्टी चीनको उत्थानका लागि इन्जिनियर बन्नसक्छ भन्ने बनाउँछ ।

देशको समाजवादी युगलाई अंगाल्नुको पछि सबैभन्दा महत्वपूर्ण प्रेरक कारण भनेको युवा चिनियाँहरु पूँजीवादको अधिनमा रहेका छन् र पीडित छन् । सिसिपीको प्रारम्भिक समाजवाद–निर्माण उपलब्धिहरुका लागि उनीहरुको मान्यता र प्रशंसालाई १९औँ शताब्दीपछि यता अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनहरुको इतिहास र सिद्धान्तको व्यापक पुनर्स्थापनद्धारा रेखांकित गरिएको छ । 

यो पुनर्मूल्यांकन कुनै दुष्ट आत्माको कहानी वा २०औँ शताब्दीको भाषणको पुनःप्रस्तुत गर्नुभन्दा अझ गहिरो हुन जान्छः यो समकालीन जीवन र वास्तविकताको एक ज्वलन्त भावनामा आधारित छ । वैश्विक पूँजीवादी व्यवस्थाको पतन, असमानताको उदय र मजदुर वर्गको स्थितिको पतन देखेर चिनियाँ युवाहरुले आफ्नो अधिकांश जीवन बिताइसकेका छन् । 

पहिलेका पिढीहरुले शुद्ध बजारको विचारधारा, निजी उद्यम र पूँजीवादलाई अपनाए, तर थुप्रै युवा चिनियाँ जो निजी क्षेत्रमा आफ्नो पूर्वजहरुका लागि काम गर्छन्, यो विचार उन्मूक्त उत्पादनकताका साथ नजोडिएर ‘इन्भोल्युसन’(आफन्त अभावको भावना)को दबाबसँग जोडिएको छ र कामको व्यस्त समय जस्तै बिहान ९ बजेदेखि राति ९ बजेसम्म, एक सातामा ६ दिन म्याराथुन जसलाई ‘९९६’को रुपमा चिनिन्छ । 

वास्तवमा तपाई जहाँ पनि अनलाइनमा देख्नुहुन्छ पूँजीवाद र बजार विचारधारामाथिको क्रोध र हताशको एक ठूलो अर्थ छ । पहिलो, युवा चिनियाँहरु देखाउनकै लागि निक्कै कम उमेरमा चरम काम गर्नका लागि बाध्य छन्, त्यसपछि उनीहरुले अलिबाबाका सह–संस्थापक ज्याक मा जस्ता व्यक्तिको भनाई सुन्न पर्छ, जो ९९६ समयावधिमा काम गर्नु एक ‘आशिर्वाद’ हो भन्छन् । हालैका वर्षहरुमा पनि ‘पूँजीवाद’को अपमानजनक उपयोगको पुनरुत्थान र लोकप्रिय प्रवचनमा अन्य अत्याधिक भरिएको शर्तहरुलाई हेरिएको छ, किनकि युवा वामन्थीहरु आफ्नो हताशलाई भगाउने तरिका खोजिरहेका छन् ।

परिस्थितिहरुलाई मध्यनजर गर्दा यो कुनै आश्चार्यको कुरा हुँदैन कि केही व्यक्तिहरु पूँजीवाद र बजारहरुको सबैभन्दा व्यापक, शक्तिशाली आलोचनाका लागि परिवर्तन हुनेछन्ः मार्क्सवाद । एक हदसम्म, यो वामपन्थी एकाई संरचनामा फर्किने महशुस गराउँछ । युवा वामपन्थीहरु आफ्नो देशको वैचारिक विरासतलाई पुनः प्राप्त गर्ने प्रयास गरिरहेका छन्, जसले पूँजीपति वर्गको उत्पिडन र श्रमिक तथा किसानहरुको शोषणलाई समाप्त पार्ने धारणालाई स्थापित गर्यो । र उनीहरु मार्क्सवाद र समाजवादमा आधारित अनिवार्य पाठ्यक्रमका साथ शैक्षिक प्रणालीमा हुर्किए, यहाँसम्म कि वर्ग र ‘अत्याधिक मूल्य’ जस्ता अव्यवहारिक वा पुराना अबधारणाहरु पनि हलुङ्गो विश्लेषणात्मक रुपरेखा बन्छ, जबकि थुप्रै छात्राहरुलाई पछि गएर जीवनमा कठिनाइरहरुको सामना गर्नुपर्छ । 

उनीहरुसँग एक तर्क छ । ‘यदि तपाई भिडको शिक्षक बन्न चाहानुहुन्छ भने पहिले तपाई उनीहरुको छात्र बन्नुपर्छ,’ माओले एक पटक भनेका थिए । तर थुप्रै चिनियाँ क्याम्पसहरुमा मार्क्सवादका थुप्रै शिक्षकहरुले परिवर्तित परिस्थितिहरु र उनीहरुको विषयवस्तुहरुको बढ्दो मागलाई अनुकूल बनाउन आफ्नो सीमान्तकरणसँग सहज बनेका छन्, अन्यहरु सक्रिय रुपले मार्क्सको आलोचना गर्छन्, उनको स्थानमा फेडरिक हायेक जस्ता उदारवादीहरु वा चिआङ चिङ–कओ जस्ता केमटी राजकुमारहरुको चाप्लुसी गर्छन् । 

यसले उनीहरुका छात्रछात्रालाई अन्य कदै हेर्नका लागि बाध्य बनाउँछ, जो सामान्य रुपले उदारवाद वा केएमटी खिन्नताप्रति थोरै भएपनि धैर्य छन् । यस बिडम्बनाले देशको पाठ्यपुस्तकहरुलाई विगतमा धकेलेको छ र मार्क्स र लेलिन जस्ता व्यक्तित्वका बारेमा उनीहरुको आफ्नै भाषमा बढाउन थालिएको छ । अन्यका लागि, मार्क्सवाद–लेलिनवादको मूल सिद्धान्तहरुको व्याख्या गर्ने अनलाइन भिडियोहरुले लाखौँ दर्शकलाई आकर्षित पारेको छ । 

रोचक कुरा के छ भने मार्क्सवादी परम्पराको सबैभन्दा लोकप्रिय अनुवादक मध्ये एकजना पनि चिनियाँ छैनन्, तर अमेरिकी शिक्षक रिचार्ड डि. वल्फ हुन् । इन्टरनेट प्रयोगकर्ताहरुले उनका लेक्चरका भिडियोहरुलाई युट्युबबाट निकालेर बिलिबिली जस्ता साइटहरुमा ‘तपाई एक मार्क्सवादी होइन र ?’ जस्ता उप–शिर्षकमा अपलोड गरिन्छ । उनको आफ्नो शैक्षीक पृष्ठभूमिका बाबजुद पनि वल्फले आफ्नो स्पष्ट–विश्लेषण तथा मुख्य अवधारणहरुको सुलभ व्याख्याका लागि प्रशंसा प्राप्त गरेका छन्  र बिलिबिलीमा उनका भिडियोहरुमा उनका आफ्नै ओरिजिनल भिडियोको तुलनामा हेर्ने संख्या पनि बढी छ । 

बिलीबिली साइटले चिनियाँ कृषिविज्ञ वेन टिइजुनको कामलाई पनि लोकप्रिय बनाउनमा मद्दत गरेको छ, जसको इतिहास, ‘एइट क्राइसेसः चाइनाज रियल एक्सपेरिन्सेस, १९४९–२००९’(आठ संकटः १९४९–२००९सम्म चीनको वास्तविक अनुभव)ले लोकप्रियात र बिक्रीमा समवर्ती पुनरुत्थानको आनन्द लियो । 

यी विकासहरुले केही तिहाईमा एक वामपन्थी पक्षको प्रवाहका बारेमा चेतावनी दियो । तर मेरो अनुभवमा उनीहरुको सबै हताशपूर्ण भावना र कहिलेकाही तर्कहीन उत्साहका लागि, देशका युवा वामन्थीहरु वास्तविक भावनाबाट प्रेरित छन् र आफ्नो देशलाई समृद्ध देख्न चाहान्छन् । उनीहरु ती व्यक्तिहरुको आदर्शहरुलाई पुनर्जीवित गर्न चाहान्छन् जसले समाजवाद र चिनियाँ क्रान्तिका लागि लडे र बलिदान दिए र एक समानतामुलक समाज बनाउँन योगदान गरे ।

-वाङ रुल एक चिनियाँ इतिहासकार हुन् र इस्ट चाइना नर्मल युनिभर्सिटीमा इतिहास शास्त्रका सह–प्राध्यापक पनि हुन् । रुलको यस लेखलाई डेभिड बलले सिक्स्थटोनका लागि अंग्रेजीमा अनुवाद गरेका हुन् । समाचार दैनिकका लागि गिता सुब्बाले नेपालीमा अनुवाद गरेकी हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर