• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सन् २०२० का यी १८ तस्विरहरु, जसले विश्वलाई चकित तुल्याए

काठमाडौं । सन् २०२० को अन्त्यसँगै यतिबेला नयाँ वर्ष २०२१ को सुरुवातीमा छौँ हामी । तर २०२०  भने विश्वकै लागि अविस्मरणीय वर्ष बन्यो । कोभिड १९ को महामारीले विश्वलाई हैरान बनायो । यति भन्दै गर्दा कोरोनासँगै यस्ता तस्वीर पनि सार्वजनिक भए जसले दुनियाँलाई चकित बनाए । संसारभरिका समाचार एजेन्सीका फोटोग्राफरहरुले २०२० का यस्ता आश्चर्य लाग्दा फोटो खिचे ।

एक ब्रशटेल पोसम  (अस्ट्रेलियन जीव) को पञ्जा जाँच गरिरहेका छन् एक स्वयंसेवक । तस्बीर अस्ट्रेलियाको मेरिम्बुलामा खिचिएको थियो । जुलाई २०१९ देखि मार्च २०२० सम्म अस्ट्रेलियाको जंगलमा आगलागी भइरहेको थियो । जसको कारण अस्ट्रेलियाको लाखौँ हेक्टर जमिन सखाप भयो भने गरिब तीन अरब जनावर विस्थापित हुन बाध्य भएका थिए । 

न्यूयोर्कको अपराधिक अदालतमा पुगेका फिल्म निर्माता हार्वे वाइस्टाइन, उनीमाथि यौन शोषण र बलात्कार जस्तो गम्भीर आरोप लाग्यो । एउटा समय थियो, जब हार्वे वाइस्टाइन हलिउडको सबैभन्दा शक्तिशाली र चर्चित फिल्म निर्माता भनेर चिनिन्थे । तर अदालतले उनलाई दोषी ठहर गर्यो र उनलाई २३ वर्षको सजाय दिइएको छ । 

यो तस्बीर इटालीको हो । फेब्रुरी २०२० मा यो तस्बीर  खिचिएको हो । जसमा तपाई इतालवी एल्पाइन रेस्क्यू सर्भिसका सदस्यलाई जमिराखेको माल्गा वाटरफलमाथि चढ्ने कोशिस गरिरहेको देख्न सक्नुहुन्छ । 

चीनको वुहान शहरमा कोभिड १९ का बिरामीको  निगरानी गरिरहेका स्वास्थ्यकर्मी । यो तस्बीर पनि फेब्रुरी २०२० को हो । भनिन्छ कि चीनको वुहान शहरमा अवस्थित एक बजारबाट कोरोना संक्रमणको सुरुवात भएको थियो , त्यसपछि यो संक्रमण एक महामारीको रुपमा पुरै विश्वमा फैलिएको थियो । 

बेल्जियममा कोराना भाइरस महामारकिो दौरान ड्युटीबाट ब्रेक लिएर अलिकति आराम गरिरहेकी एक नर्स । 

इन्डोनेशियाको जकार्ता शहरमा कोराण संक्रमणबाट मरेका एक व्यक्तिको लागि कफिन लिएर आएका कोही मानिसहरु । अप्रिलको अन्तिममा जोन्स हकिंस युनिभर्सिटीले आफ्नो रिपोर्टमा कोभिड १९ को कारण दुई लाखभन्दा धेरै ब्यक्तिको मृत्यु हुने बताएको थियो । 

आमा र छोरी एक अर्कासँग अंकमाल गरेर भेट गर्दै । कोभिडसँग जुधिरहेको प्रतिबन्धका कारण प्लाष्टिकको प्रयोग यस वर्ष धेरै भएको थियो । यो तस्बीर अमेरिकाको न्यूयोर्क शहरको हो । तर दुनियाका धेरै देशहले कोरोना संक्रमण रोक्नको लागि देशव्यापी लकडाउन गरे भने सामाजिक दुरीको नियम बनाए । 

केन्यामा सलहको समूहलाई लखेट्दै किसान । यस वर्ष सलहको समूहले पूर्वी अफ्रीकामा मात्र नभई दक्षिण एशियामा पनि किसानहरुलाई हैरान बनायो । सलहको कारण बालीमा निकै नोक्सान भएको थियो । 

जर्ज फ्लोर्डको प्रतिमालाई श्रद्धाञ्जली दिँदै एक युवाक । यो तस्बीर अमेरिकको ह्यूस्टन शहरको हो । अमेरिाको एक गोरा जातीका पुलिसले जर्जको गर्धनमा आफ्नो घुँडाले थिचिरहे जब सम्म उनको सास रोकिएन । रिपोर्टका अनुसार मृत्युभन्दा पहिले करीब नौ मिनेटसम्म जर्जले ती पुलिससँग आफूलाई छोडिदिन अनुरोध गरिरहेका थिए । जर्जको मृत्युपछि अमेरिकामा ठूलो प्रदर्शन भएको थियो । 

लेबनानी फौजका एक सदस्य बेरुत धामाकामा ध्वस्त गोदामको बाहिर गस्ती गर्दै थिए । बेरुतको एक गोदाममा तीन हजार टनभनदा बढी आल्मोनियम नाइट्रेट थियो । जो यो वर्षको एउटा ठूलो धमाकाको कारण बन्यो । ४ अगस्तमा भएको धमाकामा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने ५ हजारभन्दा बढी घाइते  भएका थिए  । 

सेप्टेम्बरमा जंगलको आगोको धुँवा फ्रांन्सको आकाशमा छाएको थियो । क्यालिफोर्निया राज्यमा हजारौँ एकड जंगल यस वर्ष आगलाग्ीको कारण नष्ट भयो । जंगलमा लागेको आगोको कारण कमसेकम आठ मानिसको मृत्यु भएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान यस वर्षको निकै चर्चाम रह्यो । यो तस्बीर फ्लोरिडामा भएको उनको चुनावी सभाको हो । चुनावभन्दा एक महिना पहिले ट्रम्पले घोषणा गरेका थिए कि उनी र उनकी पत्नी मेलानिया ट्रम्प कोरोना संक्रमित भए । 

कक्षामा जानुभन्दा पहिले ज्वरोको जाँच गराउँदै पाकिस्तानका छात्राहरु । लकडाउन समाप्त भएको केही दिनपछि पाकिस्तान सरकारले यस्तो निर्देशन दिएको थियो कि स्कुलहरु केह िसावधानीकासाथ फेरि खोल्न सकिनेछ ।

दक्षिण कोरिायाको हनामस्थित एक घाँसे मैदानमा सेल्फी लिँदै किशोरीहरु । अक्टुबर महिनामा यो मैदान गुलाबी घासले भरिँदै जान्छ । 

डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडन यस्तो गरि हैरान भए, जब २०२० को राष्ट्रपति चुनावमा उलाई स्पष्ट बहुमतभन्दा काफी धेरै सिट प्राप्त भयो । यस तस्बीर विलमिंटनमा भएको एक सभाभन्दा पहिलेको हो  । डेमोक्रेटिक पार्टीलाई यस चुनावमा  ३०६ भोट प्राप्त भयो ।

फिलिपिन्समा यस बर्ष आएको तुफानपछि आफ्नो घरको सफाई गर्दै एक व्यक्ति । नोभेम्बरमा आएको यस तुफान यो वर्ष फिलिपिन्समा आएको २१ औँ तुफान थियो । यी तुफानहरुमा दर्जनौँ मानिसको ज्यान गएको थियो । 

मेक्सीको शहरमा एक पुलिसकर्मीको हेलमेटमा रंग लगाउँदै एक प्रदर्शनकारी महिला । यस प्रदर्शनमा महिलाहरुले लिंगमा आधारित हिंसाको बिरुद्धा आवाज उठाएका थिए । 

इथोपियाको टिग्रे क्षेत्रका शरणार्थी सूडानको शिविरमा पठाउने कुराको प्रतिक्षा गर्दै । ४ नोभेम्बरदेखि अहिलेसम्म इथोपिया सरकार र टिग्रे पिपल्स लिब्रेशन फ्रन्टबीच जारी द्वन्द्वको कारण सैयौँ मानिस मरिसकेका छन् भने पाचास हजारभन्दा बढी मानिस ज्यान बचाउनका लागि सूडान भागेका छन् । 

-यो सामाग्रि बीबीसी हिन्दीबाट समाचार दैनिकका लागि मनिषा श्रेष्ठले अनुवाद गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर