• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

के अमेरिका बाहिरबाट देखिए जस्तै छ ? कि तेश्रो विश्व जस्तै भयो ?

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले गरेको क्यापिटल हिलमाथिको हमलाको घटनालाई धेरै मासिनले तेस्रो दुनियाको समानान्तरको रुपमा हेरिरहेक ाछन् । 

एउटा ट्वीटरमा लेखिएको छ कि ट्रम्प एक तेस्रो दुनिया, कम्युनिष्ट तानाशाहको जस्तो ब्यबहार गरिरहेका छन् । उनले मत गणनाभन्दा पहिलेदेखि नै जीतको दावी गरिदिए । केही दिनदेखि राष्ट्रपति ट्रम्पको चुनावी नतिजा स्वीकार नगरेको कुरलाई लिएर आलोचना भइरहेको छ । उनका समर्थकको एक ठूलो हिस्सा चुनावमा धाँदली भएको भनिरहेको  छ । बुधबारको घटना देशको राजनैतिक र बैचारिक विभाजन देखिएको छ । जहाँ अराजकताका फोटोहरुले यस्तो बाध्य बनाएको छ । 

तेस्रो दुनियाँ टर्मको प्रयोगबाट एउटा यस्तो ठाउँको तस्बीर देखा पर्छ जहाँ संस्थाहरु बर्बाद भइसके र अराजक शासन व्यवस्था कायम छ । 

फ्लोरिडाका सांसद मार्क रुबियोले ट्वीट गरेका छन्, क्यापिटल हिलमा जे भइरहेको छ उसमा देशभक्ति जस्तो केही पनि छैन । यो तेस्रो दुनियाको अमेरिका बिरोधी अराजकता हो । तर के तेस्रो दुनिया थर्ड वल्र्ड यति खराब छ त ? 

घटनाको तस्बीरमा लेखिका आतिश तासीरले भनेका छन्, यो त तेस्रो दुनियाको देशमा पनि हुँदैन  । 

एनले भनेका छन्, मैले पाकिस्तानमा यस्तो चुनाव देखेँ जहाँ मानिस मारिए, धाँदली भयो, गोली चले....तर यो आफ्नै प्रकारको घटना हो । श्रुति राजगोपालनले मार्कोको ट्वीटमा प्रतिक्रिया दिँदै लेख्छन्, म तेस्रो दुनियामा हुर्के बढेको हुँ र म तपाईलाई विश्वास दिलाउँछु कि हामी चुनावपछि यसरी सत्ता हस्तान्तरण गर्दैनौँ ।

तेस्रो दुनियाको प्रयोग दुनियाको केही हिस्सालाई सभ्य पश्चिमी देशहरुको सरकारको तुलनामा बढी अराजगक र संवेदनशील भन्नका लागि प्रयोग गरिन्छन् । तर के अमेरिका र पश्चिमी देशका मानिसले आफ्नो हिंस्रक इतिहासमाथि ध्यान दिनु पर्दैन ? 

 

जेरुशलम पोष्टका सम्पादक सेथ फ्रन्ट्जमेनले लेख्छन्, केबल १०० वर्ष पहिले नै बढीजसो पश्चिमी देश यस प्रकारको अराजक र क्रुर कोशिसले भरिपूर्ण थिए जस्तो कि आज वासिंटनमा देखियो । 

उनले लेखेका छन्, १९२० र १९३० दशकमा युरोपमा अराजक विश्व युद्ध र प्रलयको नेतृत्व गर्यो  । यस किसिम अमेरिका पनि १९२० र १९३० को दशक हिंसा र अतिवादले भरिएको थियो । 

यो पनि स्मरण गर्नुपर्छ कि महिलाहरुलाई १९७१ म स्वीजरल्याण्डमा भोट दिने अधिकार प्राप्त भयो । 

स्पेनमा १९७८ मा लोकतन्त्र आयो र ग्रीक कर्नलले १९७४ सम्म देशको नेतृत्व गरे । उत्तरी आयरल्याण्डमा राजनीतिक हिंसा १९९०को दशकमा सामाप्त भयो र पूर्वी यूरोपमा १९९० दशकमा लोकतन्त्र आयो । 

अमेरिकी अराजकतालाई तेस्रो दुनियाँ भन्न र देख्न धेरै सजिलो छ  । पछिल्लो वर्षमा उठेका मुद्धा अमेरिकाको भावनासँग जेडिएको छ । यसकारण कि चाहे उनीहरुमध्ये कोही हर्टल्याण्ड मा पर्छन् या न्युयोर्क शहरको एक सम्पत्ति मािलक शो म्यान बनेको कारण राष्ट्रपति पदको भूमिकालाई गडफादर फिल्म जस्तै निभाइरहेका थिए । 

अमेरिका पनि यस्तो देश हो मानव अधिकार र लोकतान्त्रिक मापदण्ड अनुसार चल्नुपर्छ भन्दै अरुलाई भाषण दिन्छ । तर जर्ज फ्लार्ड, ब्रेओना टेलर लगायत अरुको हत्यालाई लिएर ब्ल्याक म्यान म्याटर प्रदर्शनकारहिरुको बिरुद्ध बल प्रयोग गरिएको कारण अमेरिकी पुलिस आलोचनाको शिकार भयो  । 

अमेरिकी पुलिसको हातबाट हरेक वर्ष सैयौँ मानिस मर्ने गर्छन् तर केवल केही मामिलामामात्रै पुलिस अधिकारी अपराधिक आरोपहरुको सामना गर्छन् । 

सन् २०१९ मा एक कालो जाती महिलालाई उनको बेडरुमको झ्यालबाट पुलिसले गोली हानेको थियो । पछिल्लो वर्ष पुलिसले एक कालो जातीका मानिसलाई गोली हाने । पुलिसका अनुसार यो एक घरेलु घटनाको प्रक्रियामा भएको थियो । 

यी घटनाहरुलाई बुधबार ट्रम्प समर्थकको बिरुद्ध पुलिसको कार्बाहीसँग तुलना गर्ने हो भने धेरै जसो गोरो वर्णका पुलिससँग भिडे । क्यापिटल बिल्डिंगमा तोडफोड भयो, पर्खालमाथि चढे, झ्यालहरु तोड्दीए । 
तासीरले भने, हामीले एक समुदायको साथ यस्तो व्यवहार देख्यौँ जो यसखाले गम्भीर अपराधको लागि कुनै अन्य समुदायको साथ गरिँदैन । 

एकदिन पछि क्यापिटल हिलको बाहिर जेम्ससँग भेट भयो । उनले आफूलाई ट्रम्पको ब्यानरले छोपेका थिए । एक दिन पहिले उनी हजारौँ मासिनहरुसँग सहभागि थिए  जसले क्यापिटल हिलको सुरक्षा तोडेका थिए । 

जेम्सको दाबी छ कि उनी कुनै पनि हिंसामा सहभागि थिएनन् । नेश्नल गार्ड भनिरहेका छन् कि उनी त्यहाँ थिए । 

कार्यकर्ताहरु यसलाई पुलिसको दोहोरो रबैया भनिरहेका छन् र तेस्रो दुनियाले यसलाई नोटिस गरिरहेको छ । 

रिपब्लिकन शहाव करनीले भने, यदि कुनै अफ्रिकी अमेरीकिले क्यापिटल हिलको एउटा सिसा पनि तोडेको हुन्थ्यो भने सोँच्नुस् पुलिस र नेश्नल गार्डको के प्रतिक्रिया हुन्थ्यो ? वासिंटन डीसी जलिरहेको हुन्थ्यो ।
नेश्नल जियोग्राफिकको एक लेखमा रानिया अबुजीद प्रश्न गर्छिन् कि के यो घटनाले शहरको छविलाई परिभािषत गर्ला ? 

उनी लेख्छिन्, बगदाद, बेरुत, बोगोटा जस्ता शहरलाई अक्सर उसको नकारात्मक विगतले परिभाषित गरिन्छ  । तीनका नाम कुनै एक समयको पर्यायवाची हो । के वासिंटन डीसीलाई पनि यही लिस्टमा राखिदिनु ?

यी सब जति  खराब  किन नहोस् तर आतिस तासीर यसमा आशावादी छन् कि एक कुर्सीमा बसिरहेका राष्ट्रपति के आफ्नो पार्टी र उपराष्ट्रपतिमाथि चुनावी परिणाम रद्ध गराउन लगाउने दबाबको बाबजुद पनि सिस्टम ररिरह्यो ।

उनले भने, यो सन्देश हो.....संस्था, संस्था संस्था ।

हडसन इन्ष्टिच्युटकी अर्पणा पाण्डे भन्छिन्, लोकतन्त्र जहाँसुकै पनि कमजोर छ ।  धेरै पहिले जब बेन्जामिन फ्रेन्कलिनसँग सोधिएको थियो कि अमेरिका के हो ? 

उनको जवाफ थियो, एक गणतन्त्र, यदि तिमी यसलाई बाचयरराख्छौ भने ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर