पाल्पामा लिङ्ग नछुट्टिएको शिशूको शव फेला

पाल्पा । पाल्पामा महिना नपुगेको शिशूको बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका वडा नं. ५ स्थित सितलडाँडामा शनिबार दिउसो पौने ४ बजे मृत शिशूको पेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन रानिमहल सडकखण्डमा अन्तरगत भित्री सडकको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । 

उक्त शिशूको लिङ्ग समेत नछुट्टिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा शव फेला परेसंगै प्रहरीले शव गर्भ फाल्ने आमा तथा आफन्तको खोजीलाई तिव्रता दिएको छ । पाल्पामा केही महिना अघि बगनासकाली गाउँपालिका भित्र पनि यसरी बच्चा फाल्ने महिनालाई प्रहरीले नियन्त्रण लिएर कारबाही अघि बढाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर