बिराटनगर जाँदै गरेका युवक बस भित्रै मृत भेटिए

झापा  । झापाबाट विराटनगर हिडेका एक युवकको बाटोमै मृत्यु भएको छ । झापाको केर्खाबाट विराटनगर जान भनि जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा चढेका उनी बस भित्रै मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार २६ वर्षीय राजकुमार थापाको बस भित्रै मृत्यु भएको हो । ति युवक आइतबार बिहान झापाको केरखाबाट उक्त गाडीमा चढेका थिए । विराटनगरका लागि चढेका युवकलाई बसपार्कमा पुगेपछि मृत अवस्थामा भेटिएको डिएसपी राईले बताए । 

थापा मृगौला रोगी रहेको र घरबाट उनी उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए । गाडीका सबै यात्रुहरु उत्रिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर