विराटनगरमा विद्यार्थीद्वारा बयलगाडा प्रदर्शन 

विराटनगर । विद्यार्थीहरुले विराटनगरमा बयलगाडा सहित विरोध प्रदर्शन गरेका छन् । पछिल्ला राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिका लागि भएका आन्दोलनहरुप्रति वर्तमान प्रधानमन्त्री अनुदार रहेको भन्दै प्रतिकात्मक रुपमा अनेरास्ववियुले उक्त प्रदर्शन गरेको हो । 

विराटनगरको रोडशेष चोकबाट ‘बयलगाडा चढेर अमेरिका जाऔं’ भन्ने नारासहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । 

वर्तमान प्रधानमन्त्रीले २०६२–६३ सालको जनआन्दोलनताका बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै आन्दोलनप्रतिनै अविश्वास गरेको र अहिले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र नै धरापमा पार्ने काम गरेको विरोधमा उक्त प्रदर्शन गरिएको हो । 

बयलगाडा प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीसमेत सहभागी भएका थिए । 

स्थानीय ट्राफिक चोकमा पुगेर विरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संविधान सभाका सदस्य मिनाकुमारी यादवले बोल्नुभएको थियो । उहाँले संविधान बनाउँदा स्थिरताका लागि भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था गरेको तर अहिले केपी शर्मा ओलीले त्यसलाई उल्लंघन गरेको आरोप लगाए । 

यसैबीच सोही कार्यक्रममा कानून व्यवसायीहरुले नेपालको संविधान २०७२ को धारा ७६ बाचन गरेका थिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर