वर्तमान राजनीति कति इमानदार र राष्ट्र केन्द्रित छ ?  त्यसको समीक्षा गर्न विलम्ब भईसक्यो — पूर्व राजा शाह 

झापा ।  पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । झापा त्यसमाथि दमक नगरपालिका । दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । 

देशको पछिल्ले बिकशित राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने ज्ञानेन्द्रको यस पटकको झापा भ्रमणलाई धेरैले चासोका साथ हेरिरहेकापनि छन् । उनी प्रधानमन्त्रीको गृह जिल्लामा यतिबेला बिभिन्न सामाजिक काममा सक्रिय भएर नागरिकको मन जित्न ब्यस्त देखिन्छन् । 

यस बिचमा पूर्व राजाका तर्फबाट २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल र नेपालीलाई शुभकामना सन्देश आएको छ । पूर्वराजा शाहले एक सन्देश जारि गर्दै शुभकामना दिएका छन् । उनले दिएको सुभकामनामा निक्कै गम्भिर कुराहरु समेत उल्लेख गरिएको छ । उनले देशप्रतिको चिन्ता र राजनीतिक दलहरुप्रतिको बितृष्णका बारेमा खुलेरै सन्देशमा उल्लेख गरेका छन् । 

शाहवंशीय परम्परा जनचहाना बमोजिम अघि बढेको भन्दै देशको आवश्यकता र जनचाहना हुदा शाहवंशीय राजाहरुले सकृय भुमिका मात्र निर्वाह गरेनन्, राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारिता देखाएको सन्देशमा जनाइएको छ । वर्तमान राजनीति कति इमानदार र राष्ट्र केन्द्रित छ ? कति जनहित अनुकुल छ ? त्यसको समीक्षा गर्न विलम्ब भैसकेको भन्दै वर्तमान राजनीति प्रति पूर्वराजा शाहले असन्तुष्टि जनाएका छन् । परिवर्तनको नाममा आफ्नो इतिहास, धर्म, सभ्यता, संस्कृति र एकता भत्काउदै पराया इच्छा पुरा गर्न अवाञ्छित क्रियाकलाप भित्रिएको प्रतिपनि पूर्वराजा शाहले गहिरो चिन्ता व्यक्त गरेका छन् । 

हाल पूर्वराजा शाह रानी कोमल, युवराज्ञी हिमानी , नवयुवराज हृदयेन्द्र सहित पूर्वी नेपालको भ्रमणमा छन् । झापाको दमक स्थित हिमालय गुडरिकमा रहेको दरवारमा बसेक पूर्व राजपरिवारले पूर्वका विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने तथा सर्वसाधारण जनतासंग दर्शनभेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर