विवादले रोकिएको विकाश अब युद्ध स्तरमा अघि बढ्छ – अध्यक्ष बम

सुर्खेत  । कालिकोट पलाँता गाउँपालिका भित्रका विकास निर्माणमा कामहरु अब युद्ध स्तरमा अगाडी बढ्ने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँली कान्छाले बताएका छन् ।  

विगत ९ महिनादेखि पलाँता गाउँपालिका भित्र बिभिन्न कारणले विवाद उत्पन्न भइ विकास निर्माणका कामहरु रोकिएका थिए । रोकिएका विकास निर्माणका उक्त कामहरुलाई अब युद्ध स्तरमा अगाडी बढाउन लागिएको अध्यक्ष बमले बताए ।  

जिल्लाको सबैभन्दा विकट पालिकाको रुपमा चिनिएको पलाँतामा  स्थानीय सरकार संचालनमा आए देखि पालाँताका नागरिकहरुले सुखको सास फेर्न लागेको भन्दै अध्यक्ष बमले अब यहाँका विकास निर्माणका कामहरु कसैले पनि रोक्न नसकक्ने बताए । 

गाउँपालिकामा पछिल्लो समय शिक्षा ,स्वास्थ्य ,बिद्युत ,यातायात , कृषि , सिचाइ र खानेपानी लगायतका योजना निर्माणको योजनाहरु केहि ठाउँमा सम्पन्न भएको र केहि ठाउँमा निरन्तर काम भैरहेकाले अबको केहि समयमा नै सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । 

कर्णाली प्रदेश सरकारको साहेता र गाउँपालिकाको आफ्नो बजेटमा थालिएको विकास निर्माणका कामहरुमा ४५ किलोमिटर सडकको ट्रयाक खोलेर ड्रम माथि गाडी राखेर कर्णाली नदी पार गराई  उक्त सडकमा गाडी नियमित रुपमा संचालन भैरहेका छन् । 

पलाँतामा अहिले निसुल्क शिक्षा बत्ती , खानेपानी , सिचाई योग्य जमिनमा पक्कि नहर,पालिकाको सबै वडामा स्वास्थ्य सेवा, फलफुलखेती,पसुपालनमा अनुदान , सुपथ मूल्य पसलमा अनुदान स्वंसेबिकालाई पारिश्रमिक, असायलाई उपचार र खाद्यान्न सहयोग जस्ता कामहरुलाई गाउँपालिकाले निरन्तर रुपमा अगाडी बढाएको बमले बताए  । 

‘आन्तरिक पार्टी विवादका कारण पलाँतामा विकास निर्माणका कामहरु अगाडी बढ्न सकेका थिएनन्, ‘गाउँपालिका अध्यक्ष बमले भने, ‘बिभिन्न आरोपहरु यहाँ सम्म आइयो अब पार्टी र सत्ता एक भएर अगाडी बढ्नुको विकल्प छैन,।’

नेकपा गाउँपालिका  नेता मान बहादुर भण्डारी , जडेनि हमाल , ज्ञान ऐडि , बिरी बिक , दाना न्यौपाने , वीर बम , महेन्द्र बम शौगात , बिष्णु बहादुर रोकाया ईन्द्र लगायतले पलाँताको बिकासका लागि अब एक भएर लाग्नको सबै एक हुनु पर्ने औल्याएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर