गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् ।
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्पmत उनले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गरेका छन् ।
मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्षमार्पmत हामी अहिले सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उनले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमार्पmत विश्वास व्यक्त गरेका छन् ।
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित उद्यमी व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि प्रत्यक्ष रुपमा शिक्षक तथा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका छन्
मोरङ । विप्लब समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका – ४ स्थित औद्योगिक
प्रतिकृया दिनुहोस