डेरानै लिएर बाईक चोरी गर्ने सात जना पक्राउ 

झापा ।  झापामा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको छ । 

१५ वटा मोटरसाइकल र एउटा स्कुटी सहित उनीहरुलाई सार्वजनिक सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीले आज विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि चोरीमा संलग्नहरुलाई सार्वजनिक गरेको छ ।प्रहरीले विर्तामोड क्षेत्रमा मोटरसाइकल चोरीको पेशानै बनाएका इलाम माइ नगरपालिकाका पाँच सहित सात जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई प्रहरीले इलामबाटै पक्राउ गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए । पक्राउ पर्नेहरुमा माइ नगरपालिका–६ का मनिष गिरी, रोशन गिरी, राजेश गिरी, वडा नं. २ का रोशन तामाङ, पाँचथर फाल्गुनन्द –३ का क्षितिज भनिने रोशन तामाङ र माई नपा वडा नं. ८ का रोशन बुढाथोकी, ताप्लेजुङका सन्दिप लिम्बु र रहेका छन् ।

बुढाथोकी र तामाङले चोरी गरिएका मोटरसाइकल विक्रि गर्ने काम गर्थे भने अन्यले बिर्तामोडबाट चोरी गरेर पुर्याइदिन्थे । बेलुका ६ देखि ९ बजेसम्म अधिकांश मोटरसाइकल चोरी भएको प्रहरीको भनाई छ ।

चोरीपछि इलाम पुर्याएका मोटरसाइक्ल प्रहरीले बिर्तामोड ल्याएको छ । उनीहरुको साथबाट अपाची, पल्सर र एउटा स्कुटी बरामत गरि ल्याइएको प्रहरीको भनाई छ । बिर्तामोडमा डेरा गरि बस्दै आएका युवाले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको छ । 

बिर्तामोडमा डेरा बस्नुको कारणनै मोटरसाइकल चोरी गर्न देखिएको प्रहरीको भनाई छ । मोटरसाइकल खोजीका लागि बिर्तामोड प्रहरीले प्रहरी नीरिक्षक हरि बरालको नेतृत्वमा टोली परिचालन गरेको थियो । केहि वेरमै चोरी गर्न सक्ने गिरोहले विर्तामोडका अस्पताल, विद्यालय, मार्केट, होटलमा पार्किङ गरि राखिएका मोटरसाइकल सहजै चोरी गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर