केन्द्रको राजनीतिले स्थानीय तहको विकासमा असर पदैनः दाहाल 

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले केन्द्रिय राजनीतिको प्रभाव स्थानिय निकायको विकारमा नपर्ने बताएकी छन् । 

भरतपुर महानगरले पालिकाको सातौँ नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले केन्द्रमा भइरहेका उतर चढाबले महानगरको विकासलाई कुनै असर नगर्ने बताइन ।

पत्रकार सम्मेलनमा दाहालले भनिन् ‘जटिलता , अप्ठयाराहरु छन् उतार चढाब आउछ तर भरतपुर महानगरपालिकामा त्यसको कुनै असर पर्दैन ।’ 
महानगरको सातौँ नगरसभा सम्पन्न भएको छ । सभामा भएका गतिबिधी जानकारी गराउँदै दाहालले राष्टिय राजनितिका कारण  भरतपुर महानगरपालिको विकासमा कुनै अबरोध नहुने बताएकी हुन्  । 

 दाहालले महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी पनि गराइन । आफ्नो तीन वर्षको कार्यकालको समीक्षा गर्दै दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताए । 

पत्रकार सम्मेलनमा महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको जानकारी दिए ।

महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ । संघीय  सरकारबाट थप अनुदान प्राप्त गर्न नसक्ने अवस्था भएकोले महानगरले थप चार करोड अनुदान दिने प्रस्ताब नगरसभामा गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर