बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।
एक करोड ४० लाख रुपैयाँको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्छ भने ।
केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो ।
झापा । भारतसँग सिमा जोडिएको पूर्वि तराई जिल्ला झापामा हुने अपराधका घटनामा विदेशी नागरिक समेत संलग्न हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेश गरेको छ । शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार
पाल्पामा मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडामा मृगको सिकार गर्ने
प्रतिकृया दिनुहोस