• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

ट्रम्पको अकाउन्ट बन्द गरेपछि ट्वीटरलाई अढाइ अर्ब डलर घाटा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाएसँगै ट्विटरले २५० अर्ब डलर गुमाएको छ ।

लोकप्रिय सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अमेरिकी संसद भवन वासिङ्टन हिलमा आफ्ना समर्थकद्धारा हिंसात्मक गतिविधिलाई उक्साएको ठहर गर्दै ट्रम्पको ट्विटर अकाउन्ट सँधैका लागि बन्द गरिएको छ ।

यस कदमपछि ट्विटरको शेयर मूल्यमा भारी गिरावट आएको छ । सोमबार ट्वीटर कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आयो । जसका कारण ट्वीटर कम्पनीको बजार मूल्य अढाई अर्ब डलरले घट्न पुगेको छ । 

ट्रम्पमाथि प्रतिबन्ध लगाउने ट्वीटरको कदमविरुद्ध रिपब्लिकन नेताहरुले आलोचना गरिरहेका छन् । ट्वीटर र ट्रम्पबीचको विवादका बीच ट्वीटरमाथि थप नियमनको आवाज उठ्नसक्ने चर्चा चलिरहेका बेला त्यसको असर ट्वीटरको शेयर मूल्यमा परेको बताइएको छ ।

ट्रम्प सर्वाधिक फलोअर्स भएका ट्वीटर प्रयोगकर्तामध्ये एक हुन् । ट्वीटरमा उनका ८ करोड ८० लाख फलोअर्स छन् भने अर्बौँ पटक उनका ट्वीटहरु रिट्वीट भैसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर