• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 04:14 pm

ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्तर्गत प्रशारण गर्दै

काठमाडौं । नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्र्तगत प्रशारण गर्दैछ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तिन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेकाछौ ।  प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले भने “हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौ । ”

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

  • ८ माघ, २०७७

काठमाडौं । नेपाली बजारमा बिहिबार पनि  सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तोलामा ६०० रुपैंयाले बढेर सुन ९३ हजार १००

सरकारले आगामी सातादेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्दै

  • ७ माघ, २०७७

काठमाडौं । नेपाल राष्ट्रिय एकद्वार प्रणाली गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधवार आयोजित एक कार्यक्रममा आगामी सातादेखि सो प्रणाली सुरु हुने जानकारी

सरकारले गर्यो एक देखि पाँचतारे डिलक्स सम्मका होटलको वर्गिकरण 

  • ७ माघ, २०७७

काठमाडौं । सरकारले सेवा सुविधाहरुको आधारमा होटलहरुको वर्गिकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एकतारे होटलदेखि पाँचतारे